|  

माइला लामा लाइ धादिङका सुन्दर को पत्र

१५ श्रावण २०७६, बुधबार १२:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन १५, धादिङ
प्रिय दाइ माइला,
रक्तिम अभिवादन!
तपाईको गिरफ्तारीले आशाहरु निराशामा परिणत भएपनि, हजारौं क्रान्तिकारी योद्धाहरुलाई प्रचण्ड बादलहरु प्रती तीब्र घृणा, आक्रोश र वर्गदुश्मन प्रती बदला भावले ओतप्रोत बनाएको यो अवस्थामा, तपाईलाई पुर्पक्षका लागि कारागार चलान भएको यो दु:खद समयमा म यति मात्र भन्छु तपाईले देखेको सपनाहरु कदापि मर्न दिने छैनौं।
जेलको मोर्चा दह्रोसङ्ग सम्हाल्नुस, साम्राज्यवादी दलाल र सिआईएका एजेन्ट रामेहरु विरुद्ध लड्न हजारौं नौजवान योद्धाहरु ज्वालामुखि बनेर निस्किनेछन। फाँसीवादी दलालहरुको लुटको स्वर्ग खरानी पार्दै तपाईहरुको स्वतन्त्र अधिकारलाई जेलको चार किल्ला भित्र कैद गरेको राखेका जेलका ती अन्यायपुर्ण पर्खालहरु भत्काउन नेपाल आमाका सच्चा सपुतहरु अवश्य आउनेछन। जनताका वैरीहरुलाई जनअदालतमा उभ्याउन जनसरकारहरु तिब्र गतिमा अगाडी बढ्नेछन। जनमुक्ति सेनाहरु वर्गदुश्मनका विरुद्ध चौतर्फी प्रतिरोधमा उत्रिनेछन।

प्रिय दाइ माइला,
हामी एकरत्ति पनि निराश हुनु हुँदैन। फाँसीवादी दलालहरुको लूटको साम्राज्यवाद ध्वस्त पार्दै तपाई हामीले परिकल्पना गरेका बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न हामी हाम्रा जनमुक्ती सेनाहरुका साथमा बाहिरी मोर्चालाई घनिभुत बनाएर सशक्तरुपले अगाडी बढिरहने प्रण गर्दछौ। जब सम्म अन्तिम विजयी हुँदैन तबसम्म तपाईले देखेको सपना र लक्ष्य प्राप्तिको लडाईबाट एक पाइला पछाडी हट्ने छैनौं। हसिया हथौड़ा अंकित क्रान्तिको रातो झण्डा उठाईरहने छौं। मुक्ति यात्रामा डटेर लागि रहने छौं।
सुन्दर लामा ‘प्रतीक’
धादिङ

१५ श्रावण २०७६, बुधबार १२:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस