|  

सोमबार सार्वजनिक विदा

२६ श्रावण २०७६, आईतवार १२:५२ प्रकाशित
प्रदेश हव न्युज डेक्स


काठमाडौं। प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको बताए ।

 

२६ श्रावण २०७६, आईतवार १२:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस