|  

रविलाई थुनामा राखेर अनुसन्धान गर्न माग

२४ भाद्र २०७६, मंगलवार ०८:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले फेरि नया मोड लिएको छ ।

पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परी धरौटी तिरेर रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उनका सहकर्मी युवराज कँँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा निवेदन दिए पछि घटनाले नयाँ मोड लिएको हो ।

सोमबार सरकारी वकिलको कार्यालयले निवेदन दिएको उच्च अदालत श्रोतले जानकारी दिएको छ। निवेदनबारे आज मंगलबार नै आदेश आउने स्रोतको दाबी छ।

२४ भाद्र २०७६, मंगलवार ०८:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस