|  

प्रथम NEA P3 कप फुट्सल हुँदै

८ आश्विन २०७६, बुधबार २२:०७ प्रकाशित
उपेन्द्र जम्कटेल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाली हरुको महान चाड पर्व दशैं,तिहार न्हु दाय भिन्तुना २०७६ को अवसरमा नेपाल इन्जिनियर्स एसिसियसन प्रदेश नम्बर ३ ले प्रथम एनइए पिथ्री कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको सदस्य कपिल रेग्मिले जानाकारी दिनु भएको छ । यही असोज १०,११ र १२ गते चल्ने
फुटसल प्रतियोगितामा नेपाल इन्जिनियर्स एसोसिएसनमा दर्ता रहेका इन्जिनियरहरुको टिम दर्ता गराउन पाउनेछन ।

तिन दिनसम्म चल्ने प्रतियोगिताको अन्तिम दिन अथवा १२ गते पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने प्रदेश नम्वर ३ का सचिव प्रदिप अधिकारीले जानकारी दिएका छन । टिम दर्ता गर्न ४ हजार प्रवेश शुल्क रहेको प्रतियोगिताको

प्रथम पुरस्कार ३० किलोको खसी,मेडल र प्रमाणपत्र,दोस्रो पुरस्कार २० केजीको खसी मेडल र प्रमाणपत्र प्रदान गरिने सचीव अधिकारीले जानाकारी दिनु भयो ।
काठमाडौ को शान्तिनगर फुटसलमा हुने नकआउट चरणको प्रतियोगिताको तयारी पुरा भएको सचिव अधिकारिले जनाएकाछन ।

८ आश्विन २०७६, बुधबार २२:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस