|  

वडा स्तरीय तेस्रो भैरवी कपको उपाधी मुन्थला युवा क्लब वडा नं ८ लाई

२५ आश्विन २०७६, शनिबार २०:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असोज २५ गण्डकी गाउपालिका गोर्खा
गोर्खाको गण्डकी गाउपालिका वडा नं ६ को भैरवी चौउरमा भएको वडा स्तरीय तेस्रो भैरवी कपको बिजेता (मुन्थला युवा क्लब)वडा नं ८ भएको छ ।
भैरवी युवा कल्ब (BYC) वडा नं ६ को आयोजनामा वडा स्तरीय तेस्रो भैरवी कप फुटवल प्रतियोगिता को बिजेता (मुन्थला युवा क्लब) वडा नं ८ भएको छ । आज भएको फाइनल खेलमा आयोजक टिम (भुम्लिचोक युवा क्लब) वडा नं ६ र (मुन्थला युवा क्लब)वडा नं ८ बिच भएको थियो । खेलको निर्धारित समयमा कुनै पनि टिम बाट गोल हुन नसके पछि खेलको अन्तिम टुङ्गो टाइब्रेकरबाट ५/ ४ को गोल अन्तरले (मुन्थला युवा क्लब)वडा नं ८ विजयी भएको थियो । खेलको उपविजेता आयोजक टिम (भुम्लिचोक युवा क्लब) वडा नं ६ भएको छ। गापा अध्यक्ष होम ब राना मगर र वडा नं ६ काअध्यक्ष वाट विजेता र उपविजेता टिमलाई क्रमश पचास हजार र तिसहजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको कल्वका अध्यक्ष भारत गुरुङले जानकारी दिनु भयो ।

२५ आश्विन २०७६, शनिबार २०:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस