|  

नव जीवन साना किसान कृषि सहकारीको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

३० आश्विन २०७६, बिहीबार १९:१५ प्रकाशित
भुवन भण्डारी


असोज ३०, धादिङ
नवजीवन साना किसान कृषि सहकारी संस्था लिमिटेड गजुरि -५ घाटबेसि को सातौं साधारणसभा तथा तेस्रो अधिवेशन बिहिवार सम्पन्न भएको छ।
सहकारी अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षता र गजुरि गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत
को प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गजुरि गाउँपालिका वडा नं.१ देखि ६ सम्मका वडा अध्यक्षहरु क्रमश:राजकुमार पण्डित , चुडामणिा कडेल, ऋषिलाल श्रेष्ठ , सुरेन्द्र पदेखी, रामचन्द्र मिजार र अर्जुन भुजेल तथा साना किसान कृषि सहकारी जिल्ला संघ अध्यक्ष रंग थपलिया, प्रयास नेपाल धादिङ का अध्यक्ष सविता अर्याल , जनअार्दश कृषि सहकारी , पिण्डेश्वरि सहकारी , महिला समूह, बाल सञ्जाल , नागरिक समाज,सेयर सदस्यहरु लगाएको उल्लेखनीय सहभागीता रहेको थियोे ।

महिला सहकारी को नामले प्रख्यात सहकारी २०६९ मा दर्ता भइ साविकको पीडा गाविस भित्रका एक घर एक सेयर सदस्य समावेश हुनेगरि ल्याएको कार्यक्रममा कसानलाइ सहकारीको भावना द्दरा संस्थामा अावद्द गराइ उच्च बाल बचत तथा व्यक्तिगत बचत र असल ऋणिलाई पुरस्कृत गर्ने गरेको, हिसाब किताब लाई सहज बनाउन अनलाइन soft ware जडान गरेको, अाफ्नै भवन तथा जग्गा भएको , सेयर सदस्यहरुलाई ९%मा पशुपालन कर्जा प्रबाह गरेको , सेयर सदस्यहरु लाई इज्राएल पठाउने लगाएतको काम गरेको अध्यक्ष अम्बिका अधिकारी तथा प्रबन्धक नारायण सुवेदीले कार्यक्रम मार्फत जानकारी दिनुभयो ।

तेस्रो अधिवेशनले अध्यक्षमा रमा अधिकारी , उपाध्यक्षमा उर्मिला श्रेष्ठ सदस्यहरुमा दिलु घिमिरे, साबित्रि श्रेष्ठ , इन्द्रकुमारी तिमल्सिना, पदम् कुमारी न्यौपाने, फुलमाया तामाङ, शान्ति तामाङ, सिर्जना चेपाङ गरि ९ सञ्चालन समिति चयन गरेको छ। भने लेखा समिति संयाेजक भगवती अधिकारी र सदस्यमा शाेभा नेपाली र मिना श्रेष्ठ चयन हुनुभएको छ। मन्तव्य दिने क्रममा ५ नं.वडा अध्यक्ष मिजारले सरकारले लिएको सुखि नेपाली समृद्ध नेपालको परिकल्पनालाई मुर्तरुप दिन सहकारी पनि एक सुचक भएको कारणले नमुना सहकारी निमार्णमा वडा प्रतिबद्द रहेको बताउनुभयो , त्यसैगरी प्रमुख अतिथि समेत रहनु भएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सहकारी को स्तर उन्नतिको लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार प्रतिबद्द रहेको बताउनुभयो।

३० आश्विन २०७६, बिहीबार १९:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस