|  

जिल्ला खेलकुद विकास समिती धादिङको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा दिपक ठकुरी सिफारिस

२३ कार्तिक २०७६, शनिबार ११:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


       धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आगामी कार्यकालको लागि जिल्ला अध्यक्षमा धादिङवेशीका राजन भण्डारी र उपाध्यक्षमा धुनिवेशी नगरपालिकाका दिपक ठकुरीलाई नेकपा धादिङले सिफारिस गरेको छ । खेल गतिविधि चुस्त बनाउन नसकि रहेको बेला नेकपा धादिङले खेलकुद मन्त्रालय मार्फत खेलकुद परिषदमा सिफारिस गरेको हो । विकास कार्की अध्यक्ष रहेको जिल्ला खेदकुद विकास समितिको कार्यकाल सकिएको ४ महिना पछि नेकपा धादिङले पूर्व एमालेले अध्यक्ष र पूर्व माओवादी केन्द्रले उपाध्यक्ष लिने गरि राजन भण्डारीलाई अध्यक्ष र दिपक ठकुरीलाई उपाध्यक्षमा सिफारीस गरेको हो ।

            २०५५ साल देखि खेल तेक्वान्दो विधाको खेल क्षेत्रमा निरन्तर लागि परेका ठकुरी खेल प्रेमी तथा नेकपा धादिङका जुझारु युवा नेता समेत हुन् । माओवादी जनयुद्धमा १२ बर्षको उमेर देखी विद्यार्थी राजनीतिमा सक्रिय दिपक ठकुरी २०६० सालमा भैरबनाथ गण महराजगंजमा १०३ दिनको नजरबन्द पश्चात रिहा भएका थिए । ठकुरी र भण्डारी बाट खेलको विकासमा लागि जिल्लाको खेल क्षेत्रले नयाँ फड्को मार्ने अपेक्षा गरीएको छ ।

२३ कार्तिक २०७६, शनिबार ११:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस