|  

अत्यधिक धुलो भएको भन्दै आदमघाट-किराञ्चोक सडकमा  सवारी  अावागमनमा रोक

२८ कार्तिक २०७६, बिहीबार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ठुला सवारी साधनको चाप बढ्न थाले पछि अत्यधिक धुलो उडेको र यसलेमानव स्वथ्यमा समेत असर गरृको भन्दै अादमघाट किराञ्चोक सडक खन्डमा पर्ने गजुरी गाउापालिका वडा नंं ६ को गौरी भञ्ज्याङ तथा मिलनटारमा स्थानियहरुले सवारी साधन चल्न दिएको छैनन् । अाज विहानै देखि सडकमा निस्किएर स्थानियहरुले मानव स्वाथ्यमा समेत धेरै असर गरेको भन्दै यसको समाधान नभए सम्म सवारी साधन चल्न नदिने बताएका छन् । सडक खण्डमा पर्ने ईन्दायणि अाधारभुत विद्यालयमा अध्ययन रत विद्यार्थी हरुलाई पनि यसको असर परेको विद्यालयले बताएको छ ।

यश विषयमा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम वस्नेत सँग कुराकानि गर्दा तत्कालको लागि बाटोमा पानी हाल्नको लागि पानी ट्याङ्कर पाठईएको र यसकबध दिर्घकालिन समाधानको लागि गाउँपालिकाले छुट्टै योजना ल्याउने वारेमा छलफल गर्ने बताउनु भयो ।

गजुरी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष अर्जुन भुजेलले भने स्थानिय सँग छलफल गरेर बाटो सुचारु गर्ने तयारी भएको जानकारी दिनुु भयो  ।

खोलाबाट निकालिएको वालुका ढुवानिको लागि टिपरहरुको चाप वढेसँगै वाटो विग्ीएको र अत्यधिक धुलो उड्न थालेको हो ।

 

२८ कार्तिक २०७६, बिहीबार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस