|  

आफ्नै पक्की भवनमा गजुरि २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र

२४ मंसिर २०७६, मंगलवार १८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि धादिङ
धादिङको गजुरी गाउँपालिकाको वडा नं. २ स्थित डुँडेठाँटीमा संचालनमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको आफ्नै पक्की भवनबाट सेवा संचालनमा आएकोछ । गजुरी गाउँपिलकाका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेत ज्यूले आज एक समारोहका बीच नव निर्मित भवनको समुद्घाटन गर्नु भयो । सो समारोहलार्इ संबोधन गर्नु हुँदै उहाँले दुर दराजमा रहेका नागरिकहरु तथा स्वास्थ्य संस्था टाढा भएका कारण आधारभूत स्वास्थ्य सेवाबाट आम नागरिक बञ्चित हुन नपरोस भन्ने उद्देश्यले वडा स्तरमै स्वास्थ्य सेवालार्इ गुणस्तरिय बनाउँदै लैजाने हेतुले पक्की भवन निर्माण गरि सेवा प्रवाहलार्इ थप सुदृढ गर्ने योजना रहेको बताउनु भयो । स्थानीय सरकारले गरेको प्रतिबद्धता अनुसार कार्य अघि बढाउँदै लगिएको र आगामी दिनमा क्रमश सबै प्रतिबद्धता अक्षरस पूरा गर्दै जाने विश्वास दिलाउनु भयो । २ नं. वडा अध्यक्ष श्री चुडामणी कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष श्री सिता ढुङ्गाना पूर्व गा.वि.स. अध्यक्षहरु श्री प्रमोदराज रुपाखेती र श्री शुक्ल उप्रेती तथा नेकपा गजुरीका पार्टी सचिव श्री माधव भण्डारीले आ-आफ्नो भनार्इ राख्नु भएको थियो । उक्त कार्यक्रममा भवन निर्माण गर्न आवश्यक जग्गा प्रदान गर्नु हुने जग्गादाताहरु चुडामणी कंडेल तथा रामपुकार कंडेल र समय अगावै भवन निर्माण सम्पन्न गर्ने ठेकेदार गोपीलाल श्रेष्ठलार्इ गाउँपालिका अध्यक्षले दोसल्ला ओढार्इ सम्मान गर्नु  भएको गाउँपालिका सुुुुुचना अधिकृृत बिबेक नेपालले जानकारी दिनुभयो ।

२४ मंसिर २०७६, मंगलवार १८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस