|  

जीवनमा नयाँ उर्जा मिल्यो सुर्याेदय साना किसान सहकारी

२५ मंसिर २०७६, बुधबार २०:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नीलकण्ठ धादिङ

सूर्योदय साना किसान सहकारीमा आबद्ध महिलाहरुले संस्थाले संचालन गरेको सकारात्मक सोच तथा नेतृत्व विकास तालीमले जीवन जीउने कला सिक्नुको साथै जीवनमा नयाँ उर्जा मिलेको बताएका छन् । आफ्ना शेयर सदस्यहरुलाई सकारात्मक सोच तथा नेतृत्व विकास तालीम प्रदान पछि तालीमका सहभागी महिलाहरुले उक्त भनाई आएको हो । सहकारीले शेयर सदस्यहरुको क्षमता विकास मार्फत आर्थिक विकासमा नतजिामूखि रुसमा कार्य गर्न सोच विचार तथा मुल्य मान्यता र स्वनेतृत्वको भूमिकालाई ख्याल गर्दै ३ दिने सकारात्मक सोच तथा नेतृत्व विकास तालीम संचालन ग।रेको अध्यक्ष हरि घिमिरेको भनाई रहेको छ । २२ गते आईतबारबाट नीलकण्ठ १२ पचघरेमा संचालित तालीम मंगलबार सम्पन्न भएको हो ।
सूर्योदय साना किसान सहकारी संस्थाको व्यवस्थापन तथा प्रयास नेपाल धादिङको सहयोगमा संचालित तालीममा विकास के हो ? विकासमा नेतृत्व किन ,नेता, नेतृत्व र नेतृत्व शैलिहरु,नेता नेतृत्व भनेको के हो ,कति किसिमको नेतृत्व शैलि हुन्छन् ,कस्तो किसिमको नेतृत्व शैलि राम्रो हुन्छ ,नेतृत्व मा हुनुपर्ने असल गुण, शैली र दृढ निश्चयी नेतृत्व, स्व नेतृत्व भनेको के हो ,स्व नेतृत्व किन चाहिन्छ ,स्व नेतृत्वको विकास कसरी गर्दै जाने प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
यसै गरी सकारात्मक दृष्टिकोण र व्यवहार भनेको के हो , सकारात्मक सोच र दृष्टिकोण कसरी बढाउने , हाम्रो विश्वास तथा मुल्य मान्यताहरु , विश्वास तथा मूल्य मान्यताहरु र निर्देशक सिद्धान्तहरु, न्यायोचित दिगो विकास, पुर्ण सहभागीता र उत्तरदायित्व र जिम्मेवारी, संचार,तालीम तथा शिक्षा , वास्तविक आवश्यकता र न्यायका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम संयोजक ईश्वरी कोईरालाले सहजिकरण गर्नु भएको थियो ।
सकारात्मक सोच तथा नेतृत्व विकास तालीममा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण, महिलालाई नेतृत्व गर्न रोक्ने–छेक्ने बाधाहरु,सामाजिक–सांस्कृतिक अप्ठेरा र तगाराहरु, चुनौती हटाउने गतिलो उपाय ः नेतृत्वमा समान अवसर समाज रूपान्तरणकालागि महिला मैत्री नेतृत्वको आवश्यकता र समुदायको सवल पक्ष र सुधारात्मक पक्षको खोजि तथा लैगिक उत्तरदायि बजेटको बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम अधिकृत रेनुका रुपाखेतीले सहजिकरण गर्नु भएको थियो । सकारात्मक सोच तथा नेतृत्व विकास तालीम महिलाहरुको ज्यादै प्रभावकारी भएको सहभागी लिला पौडेलले बताउनु भएको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो।

२५ मंसिर २०७६, बुधबार २०:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस