|  

सिद्धलेक ६ खानीगाउँका महिलाहरुद्धारा ज्ञान सीप व्यवहार लागू गर्ने प्रतिबद्धता

२६ मंसिर २०७६, बिहीबार १९:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिद्धलेक/धादिङ २६ मंसिर२०७६
धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ खानीगाउँ संचालित आधारशीला तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ४ दिने आधारसिला कार्यशाला पछि समूहमा आबद्ध महिलाहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् सरस्वती स्बबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्र्तगत खानीगाउँमा गठित अकला महिला सदस्यहरुको लागि ४ दिने तालीम संचालन भएको हो । तालीममा स्बः नेतृत्व,सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो । तालीममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार,दिगोपना र आत्मनिर्भरता,पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम संयोजक ईश्वरी कोईराला फ सामुदायिक सहजकर्ता एकराज पण्डित,अनिशा कट्टेलले सहजिकरण गर्नु भएको थियो । महिला समुहको सदस्यहरुले तालिमबाट हाँसिल भएको सिकाई अाफुले व्यवहारमा कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना गरेको सामुदायिक सहजकर्ता अनिशा कट्टेलले जानकारी दिनु भयो ।
२३ गते सोमबारबाट शुरु भएको तालीम बिहीबार समापन भएको हो ।
प्रयास नेपाल धादिङले सिदलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म ५९ वटा महिला समूह र समूह मिलेर बनेको उपहार महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम संचालन गरेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो । समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको अकला स्बबलम्बी महिला समूहकि अध्यक्ष कुमारी मगरले बताउनु भयो । तालीम पछि समुहले सदस्यहरुको सामाजिक तथा आर्थिक सबलिकरण हुने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको पनि अध्यक्ष मगरले बताउनु भयो ।

२६ मंसिर २०७६, बिहीबार १९:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस