|  

नेतृत्व विकास तथा सकारात्मक सोच सम्बन्धि २ दिने कार्यशालाले सोचमा परिवर्तन ल्याएको सहभागीहरुको भनाइ

६ पुष २०७६, आईतवार २१:१५ प्रकाशित
भुबन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ ६ पुष २०७६,

धादिङको बेनिघाटराेराङ र गजुरी गाउँपालिकाका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुका लागि अायाेजित नेतृत्व विकास तालिम सकिएकाे छ । हिजाे र अाज २ दिन सञ्चालन गरिएकाे तालिमका सहभागिहरुले विद्यालयकाे नेतृत्व गर्न अाफुहरुमा अात्मबल बढेकाे बताएका छन् । डाेलभञ्ज्याङ माविका अध्यक्ष प्रमाेदराज रुपाखेतीले विद्यालयहर अब भाैतिक रुपले सम्पन्न भैसके तर शैक्षिक हिसावले कमजाेर छन् भन्दै शैक्षिक गुणस्तर सुधार गर्न तालिम प्रभावकारी भएकाे बताउनु भयाे । त्यसैगरि इन्द्रायणी अाधाभूत विद्यालयका प्रधानाध्यपक सुरज श्रेष्ठले सकारातमक साेच मात्र लिने, अाफूमा भएका कमिकमजाेरी हटाउँदै जाने, बालमैत्री विद्यालय बनाउन पहल गर्ने, घमण्ड, रिस र ईर्ष्या त्याग्ने, वार्षिक कार्यतालिका बनाएर काम गर्ने प्रतिवद्दता जनाउनु भएकाे छ ।
प्रजा अाधारभुत विद्यालयका प्रधानाध्यापक अप्सरा लामिछानेले पनि तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्दता जनाउनु भयाे ।
पिपलभञ्ज्याङ मावि ताल्तिका प्रधानाध्यापक नानीबाबु लाेहनीले पनि तालिम अत्यन्त फलदायी भएकाे र सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिवद्दता जानउनुभयाे ।
युनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टरकाे सहयाेगमा प्रयास नेपाल धादिङले सञ्चालन गरेकाे तालिममा तालीममा स्व :नेतृत्व भनेको के हो ,स्वनेतृत्व किन चाहिन्छ ,स्व नेतृत्वको विकास कसरी गर्दै जाने प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।
यसै गरी सकारात्मक दृष्टिकोण र व्यवहार भनेको के हो , सकारात्मक सोच र दृष्टिकोण कसरी बढाउने , हाम्रो विश्वास तथा मुल्य मान्यताहरु , प्रधानाध्यापकको उत्तरदायित्व र जिम्मेवारी, र बालबालिकाहरु सिकाई उपलब्धि तथा समग्र शैक्षिक सुधारमा बिद्यालय प्रधानाध्यापक र बि.व्य.स. अध्यक्षको सोच,बिचार र उत्तरदायित्व, जिम्मेवारीले सिकाई वातावरण तथा नतिजामा पार्ने प्रभाब लगायतका बिषयमा सकारात्मक सोच सम्बन्धि बिज्ञ बुद्धि बहादुर खत्री र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको सामाजिक परिचालक कपिलदेव सापकोटाले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र बेनिघाटरोराङ वडा नं १ का वडाध्यक्ष नन्द प्रसाद तामाङ, वडा नं २ का वडाध्यक्ष टंक थापा र प्रयास नेपालका अध्यक्ष सबिता अर्यालले बिद्यालयको शैक्षिक गुणस्तर अभिबृदिमा सकारात्मक सोच बिचार सहित कार्य सम्पादनले परिणाममुखि नतिजाको लागि सहयोग पुग्ने बताउनु भएको कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी दिनु भयो ।

६ पुष २०७६, आईतवार २१:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस