|  

ट्रिफर चालकले लिए विश्वकर्मा को नाममा सपथ

२८ पुष २०७६, सोमबार १७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 काठमाडौं,पुस २८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा सोमबार निकै भीडभाड थियो । मञ्चको साजावट अतिथि हेर्दा कुनै भव्य समारोह जस्तै देखिन्थ्यो

केहीबेर कार्यक्रम पछि एकतर्फ केही व्यत्ति लाइनमा उभिए । उनीहरूका हातमा एक एक प्रति कागज थमाइयो । अर्कातर्फ ट्राफिक प्रहरीका प्रहरी निरीक्षक विशाल तामाङ् त्यस्तै कागज हातमा लिएर उभिए । केही बेरमै शुरु भयो विश्वकर्माको नाममा सपथ ग्रहण । उनीहरूलाई यो कुनै पदमा निर्वाचित भएर ख्वाइएको सपथ थिएन ।
अनौठो लाग्ने यो काम बागमती टिपर व्यवसायीसंघको समन्वयमा दुर्घटना कम गर्न गरिएको हो । उनीहरूले दश बुँदाको सपथ खाएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा हुने दुर्घटनामध्ये ५० प्रतिशतभन्दा धेरै दुर्घटना टिपरको कारणले भएको भन्दै दुर्घटना कम गराउन अरनिको, बिपी, हेलम्बु र पनौती सडकमा गुड्ने ५० जना टिपर चालकले सडक दुर्घटना न्यूनीकरण गर्न नाममा नाममादश  बुँदाको सपथ खाएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख विशाल तामाङ समक्ष बाबा विश्वकर्माको नाममा दश बुदे सपथ खाएका हुन् ।
मादक पदार्थ सेवन गरेर कहिल्यै गाडी चलाउदिन, गाडीमा संगितको उफर तथा झल्लर र सिसामा स्टिकर राख्दिन, बस्ती क्षेत्रमा प्रेसर हर्न बजाउँदिनँ । जथाभावी ओभरटेक तथा पार्किङ गर्दिन, पानी चुहाएर सामान ढुवानी गर्दिनँ । जस्ता कुरा सपथमा समेटिएको छ ।
त्यस्त सपथका बुँदामा ओभरलोड समान बोक्दिन, गाडी चलाउनु अगाडि गाडी चेकजाँच गर्नेछु, क्याबिन र ढालामा यात्री राख्दिन,तीव्र गतिमा गाडी चलाउँदिन, गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिन, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाई प्राथमिकता दिनेछु,गाडीको कागज पत्र सधै साथमा राख्नेछु, ट्रफिक नियमको पालाना गर्नेछु र भिजिट नेपाल २०२०को प्रचार प्रसारको लागि मेरो गाडीमा स्टिकर टाँस्नेछु भनेर बाबा विश्वकर्माको नाममा सपथ खाएका हुन् ।
‘दुर्घटना कम गराउन चालक स्वयम् जिम्मेवार हुने भएकाले सोमबार ५० जना चालकलाई नौ बुँदाको सपथ खुवाएका छौ’ बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले सुनाउनुभयो ।
‘ट्राफिक दुर्घटना न्यूनीकरणमा हामीले टिपर चालकलाई जिम्मेवार बनाउन यो कार्यक्रम आयोजना गरेका छौ’ अध्यक्ष तामाङले भन्नुभयो । विश्वकर्मालाई सबै चालकले मान्ने भएकाले उहाँको नाममा सपथ खुवाएको अध्यक्ष तामाङले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
चालकलाई निरन्तर सम्झाए पनि नमानेपछि उहाँहरुले आर्दश मान्ने विश्वकर्मा बाबाको नाममा सपथ खाँदा दुर्घटनामा कमी आउने विश्वासले सपथ खुवाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताउनुभयो । ‘टिपर चालकलाई थप जिम्मेवार बनाउन र सपथ खुवाएको हौ’ तामाङले भन्नुभयो । उहाँले सोमबार र मंगलबार दुई दिन काभ्रेमा संचालन हुने टिपर चालकहरुलाई सपथ खुवाएको बताउनुभयो ।
मजदुर नेता समेत रहनु भएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले दुर्घटना न्यूनीकरण गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे तथा बागमती टिपर व्यवसायी संघले अनूकरणीय कार्य गरेको बताउनुभयो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले टिपरलाई आम नागरिकको धारणा निरन्तर खराब बन्दै गएकोमा टिपर चालकहरुलाई जिम्मेबार बनाउन सपथले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले सडकमा गुड्ने र जिम्मेवारीबोध गर्नु पर्ने टिपरमा अनुशासन कायम गराउन सपथ खुवाएको स्पष्ट पार्नुभयो । ट्राफिका प्रहरीका अनुसार एक हजार टिपर चालकलाई यस्तो सपथ गराइने छ ।

२८ पुष २०७६, सोमबार १७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस