|  

‘युवा क्षमतामा अभिवृद्धि,कृषि र पर्यटनमा समवृद्धी’ भन्ने मुलनाराका साथ प्रथम चरौंदी महोत्सव हुने

२९ पुष २०७६, मंगलवार ११:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ पुस २९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्थित चरौंदीमा प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव हुने भएको छ। विगतमा महोत्सव धादिङ उद्योग बाणिज्य संघले गर्दै आएको थियो तर यसपाली भने स्थानिय समाज सुधार युवा क्लबले आयोजना गर्ने भएकोले प्रथम महोत्सव भनिएको हो।

चरौंदी समाज सुधार युवा क्लवले माघ १० गते देखि १९ गते सम्म चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सवको आयोजना गर्न लागेको चरौदी समाज सुधार क्लवका अध्यक्ष उज्ज्वल रिजालले बताउनुभयो

धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने यस महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी, नै मुख्य आकर्षणहरु रहने र महोत्सव भरी नै राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हास्य कलाकारहरुको प्रस्तुति साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका कलाकार व्यवस्थाक संगीत सुवेदीज्युले बताउनु भयो।

महोत्सवको लक्ष्य भ्रमण वर्ष २०२० लाई सफल बनाउने हो ।’ उनले भने, ‘भ्रमण वर्ष २०२० मा चरौदिलाई कृषि नगरका रुपमा चिनाउन चाहान्छौँ, त्यसैले पनि कृषि महोत्सव आयोजना गरिएको हो ।’ बेनिघाट रोराङ नगरपालिका भित्र ठुलो परिणाममा उत्पादित कृषिउपजको प्रचार प्रसार गरी वजार प्रवद्धर्नमा महोत्सवले सहयोग गर्ने उहाँको दावी छ। महोत्सवले चरौदिलाई कृषि क्षेत्रको केन्द्रका रुपमा विकास गर्ने उहाँले बताउनु भयो।

महोत्सवले चरौदिको मात्र नभएर जिल्लाभरी उत्पादित कृषि सामग्री र धार्मिक तथा पर्यटकीय सम्भावनाहरुलाई प्रचारप्रसार, संरक्षण, संवद्र्धन, प्रवर्धन र विकासमा सहयोग गर्दै कृषिजन्य सेवाको बजार प्रवद्र्धन, कृषि क्षेत्रको प्रवद्र्धन र लोकसंस्कृतिको जगेर्ना गर्न महोत्सव कोषेढङु्गा सावित हुने उहाँले बताउनु भयो।
महोत्सवमा न्वोहक गुफाको पनि प्रचार प्रसार गरेनी रिजालले बताउनु भयो ।

२९ पुष २०७६, मंगलवार ११:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस