|  

नेतृत्व को लागि बहस भन्ने मुल नाराका साथ सदनात्मक संसदीय बहस प्रतियोगिता सम्पन्न

७ माघ २०७६, मंगलवार १९:२६ प्रकाशित
मनिस ढकाल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेतृत्व को लागि बहस भन्ने मुल नाराका साथ सदनात्मक संसदीय बहस प्रतियोगिता सम्पन्न भएको छ ।  काभ्रे जिल्लामै प्रथम पटक पनौती जुनियर जेसिज को आयोजना, पनौती नगरपालिकाको आर्थिक सहयोग र द रुलर लाइब्रेरी को सहकार्यमा द्दासदनाात्मक संसदीय बहस प्रतियोगिता यहि माघ ६ र ७ गते सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिका भित्रका माध्यमिक तहका २८ बिध्यालय बाट ५६ बिध्यार्थी को सहभागी रहेको कार्यक्रमका संयोजक सरोज हुमागाईं ले बताउनुभयो। कार्यक्रममा प्रमुख निर्णायक बहसकर्मी रोजन खड्का रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व द रुलरलाइब्रेरी का महासचिब मनिष ढकाल ले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न चरणमा गरेर उत्कृष्ट आठ हुदैँ विजेता चयन गरिएको थियो।
बहस प्रतियोगिता मा निर्णायक हरुमा कुशल दुवाडि; दिक्छ्या दुवाडी; प्रशिक्षक तथा निर्णायक मा सतिस दाहाल र सुयस धिमीरे रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाको को प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी; अतिथीहरु अधिवक्ता लक्ष्मी बखाधो; पनौती जुनियर जेसिज का एरिया सी संयोजक आकृति दाहाल रहेका थिए।
कार्यक्रम विध्यार्थी को भब्य सहभागिता बिच सम्पन्न भएको छ।

७ माघ २०७६, मंगलवार १९:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस