|  

किसानका लागि कृषक तालिम केन्द्रको स्थापना, मन्त्री जम्कटेलले गरे भवनको शिलान्यास

१० माघ २०७६, शुक्रबार २१:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वास्तविक किसानका लागि कृषक तालिम केन्द्रको स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले किसानका लागि प्रयोगात्मक तथा परिक्षण गर्दै दक्ष किसान बनाउने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका स्थीत धुषा चापटारमा नेपाल कै पहिलो कृषक तालिम केन्द्रको भवन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलद्धारा शिलान्यास गरिएको हो ।

कृषि विषय लिएर पढेका नयाँ पुष्ता जागिर तथा वैदेशिक रोजगारको लागि जाने हुँदा कृषिमा खासै प्रगती भएका छैन, वास्तविक किसानलाई नै दक्ष बनाउन सके कृषिमा नयाँ आयाम ल्याउन सकिने मन्त्री जम्कटेलले बताउनु भयो । यस तालिम केन्द्रमा कुनै हद बन्दी हुँदैन, न शिक्षा, न उमेर, प्रत्यक्ष कृषिमा काम गरि रहेका, प्रत्यक्ष सरोकार राख्नेले मात्र तालिममा भाग लिन पाउने समेत उनले बताउनु भयो ।

बेनिघाट रोराङ गाउँपालिकाले १०७ रोपनी जग्गा खरिद गरेको हो । बागमती प्रदेश सरकारको ३ करोड लागतमा बन्ने भएको हो ।

यस्तो बन्ने छ कृषक तालिम केन्द्रको भवन

१० माघ २०७६, शुक्रबार २१:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस