|  

चरौंदी महोत्सव शुक्रवार देखि सुरु, मन्त्री जम्कटेलद्धारा उद्घाटन

११ माघ २०७६, शनिबार ०९:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगीक महोत्सव शुक्रवार देखि शुरु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नंं. ७ को चरौंदी बजारमा शुरु भएको महोत्सवको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री जम्कटेलले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नु हुँदै ‘राज्य परिवर्तन सँग सँगै राज्य व्यवस्था फेरिय पनि कर्मचारी प्रशासन फेर्न सकिएन,पुराना कानुनहरुर अझै फेर्न सकिएन त्यसैले खासै नयाँ अनुभव हुन सकेको छैन । राजनैतिक नेतृत्वले जब सम्म आवश्यकता अनुसार निर्णय गर्न पाउदैन तब सम्म परिवर्तनको अनुभुती हुँदैन ।,नेपालको कम्युनिष्टहरु रुसमा लेनिनले चलाएको जस्तो पनि होइन, विश्वमा धेरै राजनितिक परिवर्तन आएको छ । त्यो अनुसार जनताबाट अनुमोदित भएर नेपालको कम्युनिष्टले सरकार चलाएको छ । त्यसैले नेपाली कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी अधिनायकवादी कम्युनिष्ट पार्टी होईन । नेपाल कम्युनिष्ट पार्टी लोकतन्त्रवादी,ि मानवअधिकारवादी र राष्ट्र प्रति संवेशनशिल छौं । ’ महोत्सवले जिल्लाको कृषि, पर्यटन र व्यापारमा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रमका विषेश अतिथि नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले तरकारी पकेट क्षेत्रको रुपमा चिनिने चरौंदी बजारमा शुरु भएको प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सफलताको शुभकामना दिंदै सवैलाई सहभागीहुन आग्रह गर्नु भयो ।

माघ १९ गते सम्म चल्ने यस महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुन्दर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहेको छ ।

११ माघ २०७६, शनिबार ०९:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस