|  

धादिङ बाट राष्ट्रिय झण्डा सहित ब्यानर हालेर बालुवा लिइ सय वटा टिपर चितवन पुग्यो

१८ माघ २०७६, शनिबार १३:५२ प्रकाशित
बिक्रम अधिकारी

प्रदेश हव: सम्पादक


धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो ।

यस अघिनै बालुवा सहयोग गर्ने प्रतिबद्धता गरिसकेको गाउँपालिका ले शनिबार बिहान धादिङबाट बालुवा लगेको हो। टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेको छ ।

गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ ।

राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

१८ माघ २०७६, शनिबार १३:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस