|  

रेक्टो भेजिनल फिस्टोला रोगबाट ग्रसीत११बर्षिय राममाया चेपाङको उपचार सफल

१९ माघ २०७६, आईतवार ११:२८ प्रकाशित

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट/धादिङ

आर्थिक अभावको कारण उपचार गराउन बाट वञ्चित राममाया चेपाङको सहयोगि दाताहरुको सहयोगमा उपचार सफल भएको छ ।बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ स्थित चोतेशकी ११ वर्षकी राममाया चेपाङलाई जन्मदेखि नैरेक्टो भेजिनल फिस्टोला रोग लागेर समस्यामा परेकी थिईन ।घरको आर्थिक अवस्था कमजोर भएको कारण परिवारले राममायाको उपचार गर्न सकिरहेको थिएन ।धादिङका सामाजिक अभियान्ता देवकी पौडेलको संयोजनमा राममाया चेपाङको उपचार गर्न सफल भएको हो ।

सामाजिक संजाल मार्फत राममायाको शारीरिक अवस्थाको बारेमा लेखिएपश्चात् सहयोगि हातहरु बढ्दै गएका पौडेलले बताउनुभयो । दिशा,पिसावनै भेजिनाबाट हुने (रेक्टो भेजिनल फिस्टोला)समस्याबाट ग्रसीत चेपाङ विद्यालय समेत नगएकी परिवारले बताएका छन्। दिन दुखिको साहारा बन्दै आएकी सामाजिक अभियान्ता पौडेलले विभिन्न सघ संस्थाका माध्यम मार्फत् विपतमा परेका व्यक्तिहरुको उद्धार गदै आउनु भएको छ ।रोटरी क्लब महाराजगंज काठमाण्डौका अध्यक्ष डा.जय टण्डन, रोटरी क्लब न्युयोर्क क्विनका मोहन ज्ञवाली, डा.तारा निरौला,टिचिङ अस्पतालका प्राध्यापक डा. रामेश्वर पोखरेल,रोटरी क्लब महाराजगंज सर्भिस प्रोजेक्ट डाईरेक्टर,पौरखी नेपालका संस्थापक अध्यक्ष, गण्डकी बोर्डिङ स्कूलका भूतपूर्ब बिद्दार्थिहरूको संगठन(एग्बोसा काठमाण्डौं)का सल्लाहकार तथा रोटरियन ईन्जिनियर कृष्ण गुरुङको बिशेष सहयोगमा माघ ५ गते राममायाको अप्रेशन सफल भएको हो ।अप्रेशन सफल भए पश्चात राममाया चेपाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।उपचार सुरु भएको २१ दिनपश्चात चेपाङ पुर्णरुपमा निको भई घर फर्केकी छिन ।सहयोगी दाताहरुको सहयोगबाट राममाया चेपाङको उपचार भएपछि बुबा टेक बहादुर चेपाङ खुसि भएका छन् । राममाया चेपाङ को परिवारमा ३ छोरा, २ छोरी र बुबा आमा गरेर ७ जना रहेका छन्

को पढाईको व्यवस्था गर्नको लागि रोटरी क्लब महाराजगंजबाट माशिक १ हजार रुपैँया प्रदान गर्ने समेत निर्णय भएको सामाजिक अभियान्ता पौडेलले जानकारी दिनुभयो ।

१९ माघ २०७६, आईतवार ११:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस