|  

आदर्श बहुमुखी क्याम्पस गजुरीमा पूर्व विद्यार्थीहरूको अाल्मुनाई गठन, अध्यक्षमा अनिता श्रेष्ठ चयन

२५ माघ २०७६, शनिबार १९:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आदर्श बहुमुखी क्याम्पस गजुरीमा पूर्व विद्यार्थीहरूको  प्रथम भेला  सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नवराज पाण्डे , सचिवमा कृष्ण बहादुर चेपाङ , कोषाध्यक्षमा राम प्रसाद त्रिपाठी र सह सचिवमा नानिमायाँ थपलिया चयन भएका छन् ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्पुरूषाेत्तमदास श्रेष्ठकाे सभापतित्वमा सम्पन््न कार््यक्रममा गजुुरी गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम वस्नेत ज्यूकाे प्रमुख   आतिथ्य ता रहेको थियो ।   क्याम्पस सञ्चालक समिति सदस्यहरू शुक्ल बहादुर उप्रेती , भुमि कडेल, गंगासागर नेपाल,निशा गजुरेल,अर्जुन अर्याल र गजुरी गाउँपालिका वडा नं २,५,६ का वडा अध्यक्षहरू क्रमश चुडामणी कडेल,रामचन्द्र मिजार र अर्जु भुजेल ज्यूहरू अतिथिकाे रूपमा रहनु भएकाे थियो भने क्याम्पस प्रमुख रूद्र प्रसाद दनै , सहायक क्याम्पस प्रमुख ईश्वरी प्रसाद ढुङ्गना , उप-प्राध्यापक विष्णुप्रसाद काेईरालाकाे उपस्थित रहेकाे थियाे ।  पूर्व विद्यार्थी भेलाले अनिता श्रेष्ठकाे अध्यक्ष रहने गरि २१ सदस्यीय कार्यसमिति गठन गरि पूर्व विद्यार्थी कमिटी कार्यविधि माथि छलफल गरि कार्यविधि पास गरि सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

२५ माघ २०७६, शनिबार १९:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस