|  

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटन गर्ने सातौँ धादिङ महोत्सवको तयारी सकियो

१ फाल्गुन २०७६, बिहीबार २१:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लाको सदरमुकाम धादिङवेशीमा भोली देखि संचालन हुने सातौँ धादिङ महोत्सवको उद्घाटन भोली दिउसो १ बजे नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्न गर्ने भएका छन् । बुधबार महोत्सवको तयारीका बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मूल समारोह समितिका संयोजक रुद्र बहादुर खत्रीले सातौं धादिङ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको र महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री प्रचण्डले गर्ने बताउनु भयो । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ फागुन २ गते देखि १३ गते सम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा हुन लागेको ‘सातौँ धादिङ महोत्सव २०७६’ लाई सफल बनाउन अध्यक्ष खत्र्रीले सबैलाई आग्रह गर्नुभयो ।
धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताईएको हो ।

जिल्लामा हुन लागेको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । १ सय ५५ वटा स्टल रहने महोत्सवमा भने विभिन्न १२ प्रकारका स्टलहरु रहने छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको वताईएको छ ।

१ फाल्गुन २०७६, बिहीबार २१:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस