|  

गजुरी ३ गदालबेशिमा एकिकृत सामुदायिक विकासका लागि दुई दिने गाेष्ठी सुरु

८ फाल्गुन २०७६, बिहीबार २१:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं ३ गदालबेशी गाउँमा एकिकृत सामुदायिक विकासका लागि दुई दिने सामुदायिक गाेष्ठी अाज बाट शुरु भएको छ । गाेष्ठीकाे अाैपचारिक शत्रमा स्थानिय सामुदायिक संस्थाका अध्यक्ष सितामाया तामाङ को अध्यक्षता रहेको थियोे भने,वडा अध्यक्ष श्री ऋषि लाल श्रेष्ठकाे प्रमुख अातिथ्यता रहेको थियोे ।गाेष्ठिमा वडा सदस्य,महिला स्वास्थ्य स्वयंसेविका,स्थानिय शिक्षक,स्थानीय बुद्धिजीवी हरुको उपस्थिति रहेकाे थियाे । शान्ति नेपाल र स्थानिय सहकारी संस्था श्री सद्भाव गरीवी निवारण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड काे संयुक्त अायाेजना र वडा को समन्वयमा भएको गाेष्ठिको सहजिकरण सद्भाव गरीवी निवारण बहुउदेश्यीय सहकारीले गर्नुभएको थियोे। ५८ घरधुरी रहेकाे गदाल गाउँका सबै घरकाे प्रतिनीधित्व रहेकाे गाेष्ठीमा महिला पुरुष गरी ७३ जनाकाे सहभागिता रहेकाे थियाे । सामाजिक नक्सांकन सहित परिवार र समुदायस्तरकाे विविध पक्षकाे अवस्था विश्लेषण गरी अाज पहिलाे दिनकाे समापन गरिएकाे छ भने भाेली समुदायकाे सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, विस्तृत कार्ययाेजना सहित सामुदायिक अाचार संहिता निर्माण गरी समापन गर्ने कार्यसूची रहेको शान्ति नेपाल का लाल प्रसाद पाेखरेल ले जानकारी दिनुभयो ।

८ फाल्गुन २०७६, बिहीबार २१:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस