|  

चोरिको पल्सर माेटरसाइकल सहित गजुरी मा१ जना युवा पक्राउ

६ चैत्र २०७६, बिहीबार १५:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
काठमाडौंबाट चोरेको पल्सर एनएस २०० मोटरसाइकल धादिङको गजुरीमा फेला परेको छ। इलाका प्रहरी कार्यालय गजुरीको गस्ती टोलीले बिहीबार धादिङको गजुरी गाउँपालिका १ बाट नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल चोरीमा संलग्न गजुरी गापा ४ को अर्चले बस्ने २४ वर्षीय राजन चेपाङ समेत पक्राउ परेका छन्। प्रहरीका अनुसार बा९०प३११९ नम्बरको उक्त मोटरसाइकल २०० सीसीको रातो एनएस पल्सर रहेको छ।

प्रहरीले शंका लागी सोधपुछ गर्ने क्रममा चेपाङले कागजपत्र बुझाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको क्रममा उक्त मोटरसाइकल गत फागुन १९ गते काठमाडौंको हात्तीगौडाबाट चोरी भएको खुलेको छ।

चोरी गरेको पाइएपछि मोटरसाइकल र चेपाङलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको इप्रका गजुरीले जनाएको छ।

६ चैत्र २०७६, बिहीबार १५:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस