|  

प्रयास नेपाल धादिङ द्वारा १९ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण

६ चैत्र २०७६, बिहीबार १९:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ
प्रयास नेपालले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल धादिङमा रहेका बिरामीहरुलाई प्रयास नेपालले फलफूल वितरण गरेको हो ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)ले १९ औ स्थापना दिवसमा जिल्ला अस्पताल धादिङमा बिभिन्न वार्डमा उपचार गराईरहेका बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरिएको हो ।

साथै १९ औं स्थापना दिवसको अवसरमा प्रयास नेपाल,धादिङबाट
प्रेस बिज्ञप्ती पनि जारि गरिएको छ।

धादिङ जिल्ला लगायत छिमेकी जिल्लाका गाउँ÷नगरपालिकामा स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी सामाजिक न्याय सहितको समतामुलक समाजको सिर्जना गर्ने महान् परिकल्पना बोकी स्थानीय जागरुक युवाहरुको प्रयासमा स्थापित प्रयत्नशील साममुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले आज आफ्ना १८ औं बसन्त पार गरी सकेको छ । धादिङ जिल्लाको साविक सांङकोष गाविस हाल नीलकण्ठ नगरपालिका वडा नं १२ आँपश्वरामा ९ जना स्वय्सेवी युवाहरुद्धारा स्थापना गरी सामाजिक कार्य थालनी गरेको संस्था आज धादिङ जिल्लाको १३ वटै गाउँ÷नगर पालिकाको हरेक कुनामा बस्ने दुर्गम भूगोलमा बसोबास गर्ने समूदायका महिला,बालबालिका र सामाजिक विकासमा लागि पर्ने व्यक्तिहरुको सामाजिक ररुपान्तरणको सारथी तथा सहयोगी बन्न सफल भएकाको सुनाउन पाउँदामा हर्षित छौं ।
गाउँ÷नगरपालिका,सरकारी निकायहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरुसँगको समन्वय,साझेदारी तथा सहकार्य बिशेष गरी बालबालिकाहरुको शिक्षामा पहूँच अभिबृद्धिका लागि सुरक्षित स्थलमा बसेर पढ्ने वातावरणको लागि बालमैत्री कक्षा कोठा,शौचालय,बालमैत्री धारा निर्माण, शैक्षिक सामाग्री सहयोग मार्फत सिकाई उपलब्धी बढाउन, महिलाहरुमा रुपान्तणीय शिक्षा, सीपप्रदान,क्षमता तथा उद्यम विकास मार्फत सामाजिक र आर्थिक पुँजीबृद्धि, खानेपानीबाट बञ्चित भएका समुदायमा खानेपानी सेवा सफलतापुर्वक कार्यसम्पादन गरी सामाजिक विकासको एक सबल र सक्षम संस्थाको पहिचान सहित सामुदायिक विकासमा गरेको कार्य गरेका सुनाउन पाउँदा खुशी छौं । संस्थाले कार्यक्रमको निरन्तरता र दिगोपनको लागि हरेक कार्यक्रममा,उत्तरदायित्व बहन र पारदर्शिता र जवाफदेहीता, आम समुदायले पाउनु पर्ने सूचना समयमा नै दिने कार्यलाई मूलमन्त्रको रुपमा प्रवद्र्धन गर्दै आईरहेका छौ । हाम्रो लक्षित समुदाय,कार्यक्रममा संलग्न सामाजिक कार्यकर्ता,विकास साझेदार,स्थानीय तहमा पदाधिकारीहरु एवं सहयोगी निकायहरुको महत्वपूर्ण योगदानबाट हामीले यो काममा सफलता पाउन सकेका हौं । संस्थाले सामाजिक विकासमा राखेको लक्ष्य तथा योजना कार्यान्वयन गरी नतिजा प्राप्त गर्न योगदान दिने सम्पूर्ण सहकर्मी, संचारकर्मी, स्थानीय तहका पदाधिकारीहरु,लक्षित समूदायका सदस्यहरु,बालबालिकाहरु साथै विगत देखि हाल सम्म सहयोग गर्ने विकास साझेदार निकाय तथा सहयोगी शुभचिन्तकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
प्रयास नेपाल धादिङको स्थापना २०५८ सालमा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । शुरुका दिनहरुमा जिल्लाका विभिन्न ठाउँमा बिभिन्न स्वास्थ्य आँखा शिविर,स्त्रीरोग,आँखा शिविर,समुदायको स्वास्थ्य, सामाजिक योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने,सरसफाई कार्यक्रम तथा विपन्न महिला एवं पिछडिएका व्यक्तिहरुलाई लक्षित आयआर्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको थियो । बर्तमान अवस्थामा बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु स्थानीय तहसँगको साझेदारीमा सामाजिक विकासमा योगदान दिने कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसका साथै संस्थाले गरेका गतिविधीहरुबारे अधिकारवाला तथा आम जनता एवं लक्षित बर्गको स्वामित्व र भूमिका बढाउने,संस्थाले उत्तरदायित्व बहन गर्न,जवाफदेहिता,पारदर्शिता कायम गर्न तथा असल शासन बसाल्न सहयोग गर्न ,आफुले संचालन गरेका गतिविधिहरु सार्वजनिकिकरण गर्ने,सबै पक्ष बिचमा समिक्षा गर्ने मुल्याङ्कन गर्ने र पृष्ठपोषण लिन सामाजिक परिक्षणको कार्यलाई निरन्तरता दिंदै आएको छ ।
समुदायका बिशेष गरी महिला बालबालिका, तथा अन्य सिमान्तकृत वर्गको सामाजिक रुपान्तरणको माध्यमबाट स्वस्थ्य,समृद्ध र आत्मसम्मानित पूर्ण जीवनको सुनिश्चितताको लक्ष्यका साथ प्रयास नेपाल धादिङले संस्थालाई निति कार्यान्वयनलाई संस्कृतिको रुपमा लिई निति नियमहरुको पालना प्रयास नेपालका कार्यसमिति सदस्य तथा कर्मचारीहरुको संस्कृतिको रुपमा विकास गरेको छ । प्रयास नेपाल धादिङले संस्थागत क्षमता विकास,समयानुकुलका प्रविधिहरुको प्रयोग, कार्यसमिति,सदस्य तथा कर्मचारी र लक्षित समुदायका व्यक्तिहरुको सीप तथा क्षमता विकास र प्रजातान्त्रिक बिधि मार्फत नेतृत्व चयन गर्ने र दोस्रो पुस्ताको नेतृत्व विकासमा पनि सहजकता अपनाउँदै अगाडि बढी रहेको छ । संस्थाले हाल बिभिन्न विकास साझेदार निकायहरु र स्थानीय तहसँगको साझेदारीतामा शिक्षा,जिविकोपार्जन,खानेपानी तथा स्वास्थ्य ,अधिकार,निर्माण र सुशासन,बिपद् व्यवस्थापन बिषयगत क्षेत्रमा कार्य गर्दै आएको छ । गत १ बर्षमा १३ सय २१ घरमा घरघरमा धारा जडान मार्फत खानेपानी सेवा दिन सकिएको छ । यसै गरी २५ वटा बिद्यालयमा बालमैत्री खानेपानी धारा,शौचालय निर्माण,शिक्षक र शिक्षण सामाग्री सहयोग गरिएको छ । ईट्टा उद्योग लगायतमा काम गर्ने मजदुरका ४ सय ५१ जना बालबालिकाहरुलाई बिद्यालय अध्यययनमा शैक्षिक सामाग्री मार्फत सहयोगले बिद्यालय निरन्तरता सहजता हुनुका साथै बालश्रम मुक्त ईट्टा उद्योग बनाउन सहयोग भएको छ । जिल्लाको ४७ बिद्यालयका शिक्षक अभिभावक संघ,बिद्यालय व्यवस्थापन समितिहरुको क्षमता विकासमा गरिएको योगदानले शैक्षिक उपलब्धी बृद्धिमा सहयोग भएको छ । बालसमूह÷संञ्जाल गठन तथा क्षमता विकास र परिचालन बालबालिकाहरुमा नेतृत्व विकास हुनुका साथै र जीवनउपयोगी हाँसिल गर्न सफल भएका छन् । ५ वटा सहकारी तथा २ सय ६४ वटा महिला समूहहरुमा सामाजिक पुँजि बृद्धिका लागि क्षमता विकास तथा बाख्रा,कुखुरापालन,तरकारी खेती लगायत लघुउद्यम सिर्जनामा सहयोग मार्फत आम्दानी बृद्धि लगायतका संस्थाको संस्थागत विकासमा उल्लेख उपलब्धीहरु हाँसिल गर्न सकिएको छ । १९ बर्ष प्रवेशको अवसरमा संस्थाले गरेका राम्रा कामहरुलाई आम समुदाय बिचमा पुर्याई सहयोग गर्नु हुने सम्पूर्ण संचारकर्मीहरु प्रति आभार व्यक्त गर्न चाहन्छु । साथै तीन तहका सरकारले निर्माण गरेका कानुनहरुको पुर्णपालन गर्दै दिगोपन सहित सामाजिक रुपान्तरणको अभियानमा सफल भएका र राम्रा रहेका कामहरुलाई निरन्तरता दिइने छ।

६ चैत्र २०७६, बिहीबार १९:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस