|  

नीलकण्ठ नगरपालिकाद्धारा १ करोडको“कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना

२३ चैत्र २०७६, आईतवार २०:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । जिल्ला सदरमुकाममा रहेको निलकण्ठ नगरपालिका कार्यपालिकाको आईतवार वसेको वैठकले १ करोडको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गर्ने निर्णय गरेको छ ।
आईतवार धादिङवेशीमा बसेको वैठकले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्मका निर्णय गरेको बताईएको छ ।

निर्णयहरु यस्ता छन् :
१. विश्ववापी रुपमा फैलिइरहेको कोभिड–१९ ९नोबेल कोरोना भाइरस० रोकथाम नियन्त्रण, सचेतना तथा आवश्यक ब्यवस्थापनका लागि नीलकण्ठ नगर कार्यपालिकाको आज बसेको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गरेको छ ।

यस कोषबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खानारखाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराइनेछ भने जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकताअनुसार सुरक्षा सामाग्री ९पीपीई० उपलब्ध गराइनेछ ।

कोषमा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट १ लाख १४ हजार रकम जम्मा गरिएकोछ । नगरपालिका अन्तरगतका सम्पूर्ण कर्मचारीहरु ९स्वास्थ्यकर्मी र शिक्षकहरु समेत० ले केन्द्र सरकारको निर्णय अनुसार रा। प। द्वितीय र तृतीय श्रेणी वा सो सरहका कर्मचारीहरुको पाँच दिनको र सहायकस्तर र श्रेणीविहिन कर्मचारीहरुको तीन दिनको तलव बराबरको रकम जम्मा गर्नुका साथै उक्त कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई सहायता रकम जम्मा गर्न आह्वान गर्ने समेत निर्णय भएकोछ ।

२. महामारीका बेला नगरक्षेत्रमा आर्थिक तथा भौतिक सहायता गर्न चाहने ब्यक्ति वा संघ संस्थालाई नगरकार्यपालिका संग अनुमति लिएर मात्र गर्ने गरि एकद्धार प्रणाली लागू गर्ने निर्णय भएकोछ ।
३. लकडाउनका कारण अप्ठेरोमा परेका नगरक्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका ब्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा विहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरेकोछ । आवश्यक खाद्यान्न तथा अन्य प्रवन्ध गर्न नगर विपद ब्यवस्थापन समितिका संयोजक विष्णु नेपालीको संयोजकत्वमा स्वास्थ संयोजक र लेखा प्रमुख सदस्य रहेको ३ सदस्यीय कार्यदल समेत गठन गरिएकोछ । लक्षित श्रमजिवी तथा असहायहरुलाई खाद्यान्न उपलब्ध गराउन चाहने ब्यक्ति तथा संघ संस्थालाई उक्त कार्यदल मार्फत सहयोग गर्न अपिल गर्ने निर्णय समेत आजको बैठकले गरेकोछ ।

४. लकडाउनको अवधीको असहज परिस्थितिमा सार्वजनिक विदाका दिनहरुमा समेत निरन्तर काममा खटिने स्वास्थ्यकर्मीहरु, दैनिक कार्यालयमा आई कामकाज गर्ने कर्मचारीहरु ९करारमा कार्यरत समेत० र फोहोर व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मासिक खाइपाई आएको तलव÷पारिश्रमिकको पचास प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय भएकोेछ ।

५. विदेशबाट आएका व्यक्तिहरुलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न आव्हान गर्ने ।

२३ चैत्र २०७६, आईतवार २०:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस