|  

राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

२४ चैत्र २०७६, सोमबार १६:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सोमवार वसेको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त गरेको छ ।

गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो ।

यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा.राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका थिए ।

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।

सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् ।

२४ चैत्र २०७६, सोमबार १६:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस