|  

गण्डकी गाउपालिकामा १४ जनाको र्‍यापिड टेस्ट नेगेटिभ

६ बैशाख २०७७, शनिबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गोरखा, ६ वैशाख ।  गोरखाको गण्डकी गाउँपालिकामा आज (शनिवार) विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट किट बाट गरिएको थियो ।
गण्डकी गाउपालिकाको वडा नं १,२,३ र ६ को विभिन्न देशबाट आएकाहरुको र्‍यापिड टेस्ट वडा नं १ मा रहेको मकैसीङ प्राथमिक स्वास्थ केन्द्रमा गरिएको थियो । १४ जनाको र्‍यापिड टेस्ट गरिएको मा १४ जनाकै Non-Reactive आएको मकैसिङ प्राथमिक स्वास्थ केन्द्रका ल्यब असिस्टेन्ट सुमन गुरुङले जानकारी गराउनु भयो । अन्य वडामा बिदेश बाट आएकाहरुको र्‍यापिड टेस्ट दर्बुङ मा गरिने भएको छ । ।

६ बैशाख २०७७, शनिबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस