|  

गरिब, असहाय तथा अपाङ्गता भएकाको साहरा बन्दै तामाङ

१४ बैशाख २०७७, आईतवार २१:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जिल्ला खेलकुद बिकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङले नीलकण्ठ नगरपालिकामा बसोबास गर्दै आएका गरिब, असहाय तथा अपाङ्गता भएकाको साहरा बनेका छन् । लकडाउनका कारण समस्यामा परेका निलकण्ठ नगरपालिकामा बस्दै अाएका मजदुर, गरिव तथा असायहलाई खाद्यान्न सामग्री वितरण गर्दै थोरै भएपनि सहयोग गरेको बताएका हुन् । कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ लम्बिँदै जाँदा गरिब तथा विपन्नहरु समस्यामा पर्न थालेको भन्दै अध्यक्ष तामाङले व्यत्तिगत रुपमा धादिङबेशीमा रहेका केही गरिब तथा विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।
उहाँले गरिब तथा विपन्नहरुलाई चामल, दाल, आलु, खाने तेल, नुन लगायतका सामग्री वितरण गरिएको बताउनुभयो । लम्बिँदै गरेको ‘लकडाउन’ का कारण गरिब तथा विपन्न परिवारहरु समस्यामा परेको देखेपछि केही भएपनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरेको तामाङले बताउनुभयो । लकडाउनको महिना दिन कटिसक्दा पनि निलकण्ठ नगरपालिकाले विपन्न परिवारलाई बेवास्ता गर्दै हाल सम्म राहत बाडेको छैन । उहाँले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै धादिङका विभिन्न ठाउँमा १ हजार थान मास्क तथा सेनिटाइजर समेत वितरण गर्नुभएको थियो ।

१४ बैशाख २०७७, आईतवार २१:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस