|  

स्वेच्छिक रुपमा गरिएका काममा संगठनकाे नाम जाेड्ने संगठनकाे धारणा भन्ने कुरा बिलकुल अमान्य छ । तामाङ

१६ बैशाख २०७७, मंगलवार १९:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रञ्‍जित तामाङले स्वेच्छिक क्रियाकलापमा संगठनको नाम जोडिने कुरा अमान्य हुने बताएका छन् ।

पछिल्लो समय अनेरास्ववियूका छुट्टा छुट्टै समूह शिक्षामन्त्रीलाई भेट्ने, प्रहरीकोमा उजुरी दर्ता गर्ने जस्ता काममा सक्रिय छन् जसलाई उनीहरुले अनेरास्ववियूको संस्थागत धारणाको रुपमा प्रचार गर्दै आएका छन् । सह-संयोजक तामाङ हाल गृहजिल्ला झापामा छन्, कतिपय सन्दर्भमा आफ्नो समेत नाम जोडिएकोमा उनले आपत्ती जनाएका छन् । सहसंयोजक तामाङले आफ्नो फेसबुक बाट सम्पुर्ण विद्यार्थी साथिहरु र पत्रकारहरुलाइ अनुरोध गर्दै लेखेका छन ।

बिद्यार्थी साथिहरु एवम पत्रकार ज्युहरु

पार्टी एकता भएको धेरै लामो समय भएको छैन । एकता सम्पूर्ण नेता – कार्यकर्ता र जनताको जनचाहना हो ।
पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिदै अनेरास्ववियूको एकता प्रक्रिया पनि पूरा गर्ने प्रक्रियामा छ ।
अन्तर संघर्ष,बहस र बिधिसम्मत निर्णयले कम्युनिष्ट पार्टीलाई जिवन्त राख्दछ,भन्ने मार्क्सबादी भनाईलाई आत्मसात गर्दै स्वस्थ बहस,बिधिसम्मत छलफल र पद्दतिगत संगठन परिचालनमा जाेड दिनु जरुरी छ ।
पार्टीमा बहस हुन्छ,पार्टी नेतृत्वमा रहेकाे सरकारकाे समिक्षा हुन सक्छ । पार्टी भित्र बिधिसम्मत जनबादी केन्द्रियताकाे बिधि द्वारा बिशेष निर्णय हुनपनि सक्छ ।याे स्वभाबिक प्रकृया हाे ।
अनेरास्वबियू सरकारका कामलाई गुण र दाेशका आधारमा समर्थन र रचनात्मक आलाेचना गर्दछ,अनेरास्वबियू परिबर्तन र अग्रगमनमा बिश्वास गर्छ, अनेरास्वबियू जनताकाे पक्षमा बाेल्छ । याे सत्ताकाे महिमागान गाउने,जनताकाे आवाजका बिरुद्ध उभिने,उपलब्ध राजनीतिक अधिकारकाे बिपक्षमा उभिने मण्डले बिद्यार्थी हाेईन,याे कसैकाे निहित स्वार्थका लागी उभिने लठैत संगठन पनि हाेईन, अतः संगठनलाई बिधि सम्मत चलाउन,एकताकाे भावनालाई सम्मान गर्न म सबैमा आग्रह गर्दछु ।
संगठनमा भएकाे पछिल्लाे गतिबिधि र हुर्कदाे शैली राजनीतिक तथा सामुहिक ढंगले भैरहेकाे छैन । ब्यक्तिगत आकांक्षा,मनमाैजी परिचालन र स्वेच्छाचारीता बिलकुल ठिक भैरहेकाे छैन । नामका लागि गरिने देखावटी काम,सस्ताे प्रचारले संगठनलाई एकढिक्का बनाएकाे छैन ।एकताकाे पक्षमा संगठनलाई उभ्याउने भन्दापनि एकता बिरुद्ध भड्काउने,भड्काउन प्रेरित,परिचालन र परिचालित हुने कुरा नसुधार्ने हाे भने अरुले मात्र मान्नुपर्ने स्थिति छैन ।
पार्टी नेतृत्वका बिरुद्ध तथानाम बाेल्न लगाउने तर सरकारकाे महिमागान गर्न मरिहत्ने गर्ने कुरा हामीलाई मान्य छैन ।
स्वेच्छिक रुपमा गरिएका कतिपय काममा संगठनकाे नाम जाेड्ने र संगठनकाे धारणा भन्ने कुरा बिलकुल अमान्य छ ।
यसबारे गम्भिरतापुर्वक नसच्चिने,कार्यशैली नसुधार्ने हाे भने
संगठनमा पैदा हुने सबै अस्तब्यस्तताकाे जिम्मेवार पहिलाे जिम्मेवारी लिने नै हुनुपर्दछ ।
फुटलाई प्रसय दिने खालका गतिबिधि बन्द गरिनु पर्दछ ।
संगठन बिधि-पद्दतिगत रुपमा परिचालन गरिनु पर्दछ ।
राज्यकाे चाैथाे अंग मिडियाहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नु जरुरी छ तर अमुक मिडियालाई सामाजिक बहिष्कार गर्ने कुरा संगठनकाे आधिकारिक निर्णय हाेईन,ब्यक्तिगत मामला हुनसक्ला तर अनेरास्वबियू कुनै अमुक मिडियाकाे बिराेध वा समर्थमा नरहेकाे स्पष्ट पार्न चाहन्छु ।
जहासम्म मेराे नाम जाेडेर उजुरी दिन गएकाे भन्ने छ,मलाई जानकारी नभएकाे,म नगएकाे र जुन घटनाका बारे गएकाे भनिएकाे छ,उक्त घटनाकाे छानबीन हुनुपर्छ,बिधिकाे सासन र कानुनी राज्यकाे अनुभुति हुनुपर्छ किनभने याे संघिय गणतन्त्र नेपाल हाे जहा वाक स्वतन्त्रता र बिधिकाे सासन संबैधानिक अधिकार रहेकाे छ ।
धन्यबाद ।

१६ बैशाख २०७७, मंगलवार १९:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस