|  

नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि : सङ्क्रमित ५९ पुगे

१९ बैशाख २०७७, शुक्रबार १५:२४ प्रकाशित
प्रदेश हव न्युज डेस्क


काठमाण्डौ – शुक्रबार थप दुई जनामा
कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ ।
बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् ।

१९ बैशाख २०७७, शुक्रबार १५:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस