|  

धादिङका पत्रकारहरुको लागि स्वाथ्य सामाग्री मन्त्री जम्कटेलद्धारा हस्तान्तरण

१९ बैशाख २०७७, शुक्रबार २१:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लामा क्रियासिल रहेका पत्रकारहरुका लागि स्वाथ्य सुरक्षा सामाग्री शुक्रवार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले हस्तान्तरण गर्नु भएको छ । जिल्लाको गजुरी गाउँपालिका १, गजुरी बजारमा पत्रकार भेटघाट संगै स्वाथ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । विश्वभर फैलिएको कोरोना भाईरस बाट बच्दै समाचार संकलन तथा प्रशारण गर्ने पत्रकारहरुको शुरक्षाको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशको तर्फबाट पत्रकारहरुको लागि वितरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल, धादिङलाई नेकपा धादिङका जिल्ला इञ्चार्ज समेत रहेका मन्त्री जम्कटेलले हस्तान्तरण गर्नु भएको हो ।
स्वाथ्य सामाग्री हस्तान्तरण सँगै पत्रकारहरु सँग कुराकानी गर्दे मन्त्री जम्कटेलले पत्रकारहरुको सुरक्षाको लागी आफु संवेदनशिल रहेको बताउनु भयो । नेकपा बागमती प्रदेश कमिटीले माक्स र सेनिटाईजर जस्ता सामाग्री संगठनका जिल्ला संयोजक राजन अधिकारी, सह संयोजक सरोज पौडेल र नेपाल पत्रकार महासंघ, धादिङका सभापती नवराज छत्कुलीलाई हस्तान्तरण गर्नु भएको हो ।

तस्विर ः केशव अधिकारी

१९ बैशाख २०७७, शुक्रबार २१:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस