|  

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

२३ बैशाख २०७७, मंगलवार ०८:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टी भएको हो। जो नेपालगन्ज ८ निवासी वर्ष २२, ३०, ४० का तीन जना पुरुष र वर्ष ९, ३२, ३४ र ३५ का महिला छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ।

२३ बैशाख २०७७, मंगलवार ०८:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस