|  

निको भएका तीन जनामा पनि पुनः पाेजिभ

२४ बैशाख २०७७, बुधबार ०८:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कोरोनाको संक्रमण देखि निको भएका तीन जनामा पुनः पोजेटिभ देखिएको छ । काठमाडौं सनसिटीका ५८ वर्षीय पुरुषमा फेरिकोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ दिनअघि निको भएर अस्पतालबाट घर फर्केका ती पुरुषमा फलोअपका क्रममा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको नमुनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।

त्यसैगरी वीरगन्जबाट निको भएर फर्किएका दुईजनामा पनि फेरि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको पहिलो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र पछिल्लो परीक्षण स्थानीय प्रयोगशालामा भएको थियो । निको भइसकेका तीनजनामा फलोअप परीक्षणका क्रममा पोजेटिभ देखिनु आश्चर्यको विषय भएको छ।

२४ बैशाख २०७७, बुधबार ०८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस