|  

भारतिय विस्तारवादको विरुद्धमा चरौंदीमा विरोध सभा

३० बैशाख २०७७, मंगलवार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालको लिम्पीयाधुरालाई भारतले आफ्नो नक्सा भन्दै सार्वजनिक गरेपछि नेपालमा भारतीय रवैयाको बारेमा चौतर्फी रुपमा बिरोध भइरहेको छ । भारतीय हस्तक्षेपबिरुद्द नेपालमा दिनहुजसो प्रदर्शन पनि भइरहेका छन् । आज धादिङको बेनिघाट रोराङ गाउँपालिकामा राष्ट्रबादी युवा समुह चरौँदीद्धारा प्रदर्शन गरिएको छ ।
कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावादको नारा लगाउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ । प्रदर्शनमा बालकदेखि बृद्धसम्मको उपस्थिती थियो । राष्ट्रबादी युवा समुह चरौँदीले भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । गत शुक्रवार भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि सामाजिक सञ्जाल देखि सडकबाट चर्को बिरोध भईरहेको छ ।

३० बैशाख २०७७, मंगलवार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस