|  

(कविता)-श्रीमान कोराना

३१ बैशाख २०७७, बुधबार २१:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


☞मनिष ढकाल

आज , मरभुमी भएका फाँटहरु हराभरा भएछन्
रित्तिएका गाँउहरु भरिभराउ भएछन्
रुन्थिन् आमा छोरो खोइ भन्दै , छोरा हराइरहेछन्
आमाका आँसु पुछिदिने , गाँउ भरिदिने , फाँट हराभरा बनाइदिने
श्रिमान कोरोनापो रहेछन् ।

फाँटका माटोले पोल्योकि , चिच्याहाट लाग्दो गाउँको भित्ताले बोल्यो कि
भरिएका सहर आज रित्तदैछन्
हिजो कोटिश्वर देखी बानेश्वर सम्म नचल्नि पाइलो
आज सयौँ किलोमिटर चल्दैछन्
थाहा छैन रहर हो कि बाध्यता
तर धन्यबाद छ श्रिमान कोरोना आज गतिलो पाठ सिक्दैछन् ।

हिजो रुखहरु घीटिघिटि गर्दै थिए
आज मान्छेहरु छटपटि गर्दै छन्
त्यो दोस कस्को हो
हिजो अरुलाई घोचो हानेर उचो बन्ने
आज आफु निचा पर्दैछन्
नजिस्काउ ति रुखहरुलाई , नतुइह्याउ ति फाँटहरुलाई ,फोहोर नगर ति नदिहरुलाई
आज चिच्इचिच्इ तिमिलाइ खुच्चिङ खुच्चिङ भनिरहेछन्
यसो पारिदिने त श्रिमान कोरोना पो रहेछन् ।
महामारिको आडमा भ्रष्टचार गर्नेलाई
आफ्नै आमा बेचेर झोली भर्नेलाई
अस्ति सत्ताको रडाको
आज छिमेकिले हाम्रो भुमिमा सत्ता जमाको
नुनको सोझो त गर्नै पर्यो, केहि बोलैँ भने सत्तै ढल्ने
नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाउको अनुहार
धन्यबाद छ श्रिमान कोरिना तिम्रो नामले पाएका छन् छुटकार ।

भो यस्ता कुरा छाडदिउ के नै गर्नु छ र
बलेको आगो तापने हो निभाउने को नै छ र
हामि सँग जाँच्नने मेसिन छैन
के हामि त्यति असक्त होर
गर्न सक्नेलाइ बाहिर पठादिएउ , अब के नै गर्न सक्छौ
धन्यबाद छ श्रिमान कोरोना इनका औकात देखाइ दिएउ ।

सत्यताको जित होस् , असत्य मरिजाओस
बरु ऋण लागोस कोरोना , दिन नलागोस्
सुध्नने सुध्रि हाल्छन् , नसुध्रनेलाइ तिम्रो याद आवस्
अनगिन्ति पाठ सिकादिएउ तिमिले
धन्यबाद दिन्छुकि तिमिलाई
यदि,
दिन दुखिको घरमा तिम्रो बास नहोस्
दिन दुखिको घरमा तिम्रो बास नहोस ।।

 

३१ बैशाख २०७७, बुधबार २१:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस