|  

स्थानीय तहको कम चासो: चिसोखोला बिराबारि र लामिडांडाका बासिन्दालाई खानेपानीको हाहाकार

७ जेष्ठ २०७७, बुधबार १९:४१ प्रकाशित
भुवन भन्डारी


जेठ ७, धादिङ
धादिङको दक्षिणी भेगमा पर्ने गजुरी गाउँपालिका वडा नं.५ चिसोखोला,बिराबारि र लामिडांडा स्थानीय बासिन्दा खानेपानी को हाहाकार मा पिल्सिएका छन् ।स्थानीय जनप्रतिनिधि को कम चासोमा रहेको लगभग ४५/५० घरधुरि रहेको बस्ती हाल खानेपानी को लागि घन्टौंसम्म खानेपानी लिन जानु पर्ने समस्यामा रहेका छन् ।कामको समयमा दिनभर मेलापात गई रातिको समयमा पानी बाेक्ने गरेको स्थानीय एक महिला बताउँछिन् ।बालक देखि बृद्ध अबस्था सम्मकाले डाेकामा नाम्लो लगाइ गाग्री बाेतलमा पानी बाेक्ने गरेका छन्।

 

उक्त बस्तिले उपभाेग गर्दै अाइरहेको पानीको मुहानमा गजुरी गापा -५ च्याङ्लिमा अबस्थित श्री डाेल भञ्ज्याङ् माध्यमिक बिद्यालयको छात्रावास बनाउनको लागि खारेको घडेरीको माटोले मुहान पुरिदिएपछि बिगत एक हप्तादेखि समस्या भएको स्थानीय बताउछन् ।जनप्रतिनिधि र केही अगुवाको लापरबाहीले खानेपानीको समस्या झेल्नुपरेको स्थानीयको अाक्रोस रहेको छ।सरकारको एक घर एक धाराको अबधारणा अाइरहदा गजुरी -५ का बासिन्दा भने खानेपानी नपाइ अाकुल व्याकुल भएका छन् ।

खानेपानीको समस्या पटकपटकपटक स्थानीय तहलाई अवगत गराउदा स्थानीय तहले कुनै पनि चिन्ता र चासो नदिएको स्थानीय एक युवा बताउँछन् ।

 

७ जेष्ठ २०७७, बुधबार १९:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस