|  

राष्ट्रिय युवा परिषदको दोस्रो कार्यकाल पुन: युवा नेता ढुङ्गेलकै नेतृत्व

१३ जेष्ठ २०७७, मंगलवार १५:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दिनेश कार्की
काठमाडौं

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको दोस्रो कार्यकालको नेतृत्व पनि पुनःमाधव ढुङ्गेलले गर्ने भएका छन्। युवा हकहित र युवा विकासको लागि स्थापित युवा तथा खेलकुद मन्त्रालय मातहतको निकाय “राष्ट्रिय युवा परिषदले” नेपाली युवाहरुको सर्वाङ्गिण विकासको लागि युथ भिजन २०२५ र राष्ट्रिय युवा नीति २०७२ लाई आत्मसात गर्दै युवा विकासका दश वर्षे रणनीतिक योजनाका पाँच आधार स्तम्भलाई टेकेर युवा विकासको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको युवा परिषद बिगत ३ महिना देखि नेतृत्व बिहिन थियोे। २०७२ साल फागुन १९ गते स्थापना भएको राष्ट्रिय युवा परिषदमा स्थापना देखि नै नेतृत्व गर्दै आएका माधब ढुङ्गेलको गत फागुन १९ गते पहिलो कार्यकाल सकिएको थियोे।

परिषद स्थापनाको चार वर्ष अर्थात पहिलो कार्यकाल कठिन मुल बाट यात्रा गर्दै गर्दा अन्तसम्म आइपुग्दा बग्ने सम्म बनाउन ढुङ्गेल को अहम भुमिका छ । बितेका चार वर्षमा ढुङ्गेलले राष्ट्रिय युवा परिषद लाई आम नेपाली युवाहरुको समस्या,चुनौती र अप्ठ्यारा लाई सहज रुपमा समाधानको बाटो खोज्न महत्त्वपूर्ण भुमिका खेल्ने युवा हरुको साझा घरको अनुभुती दिन सक्ने सरकारी संस्थाको रुपमा परिचित बनाए। त्यसैत पहिलो कार्यकाल बाटै नेपाली युवाको मन जित्न सफल बनेका ढुङ्गेलको कार्यकाल समाप्ति हुँदै गर्दा सबैलाई चिन्ता थियो अब यस्तो भिजनरी नेतृत्व युवा परिषद मा नियुक्ति होला कि नहोला?? र माग पनि थियो कि अबको कार्यकाल पनि पुनः उहीँ नेतृत्व दोहोराउनु पर्छ । त्यसो त सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठक बाट ढुङ्गेललाई राष्ट्रिय युवा परिषदमा दोस्रो चार वर्षे कार्यकालको लागि कार्यकारी उपाध्यक्षमा नियुक्ति गरिएको हो।

ढुङ्गेल नेकपा केन्द्रिय कमिटी सदस्य हुन भने रामेछाप जिल्लाको लोकप्रिय युवा नेताको रुपमा परिचित छन् ।

१३ जेष्ठ २०७७, मंगलवार १५:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस