|  

गजुरी ३सानो भञ्ज्याङ् घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ सँघको ध्यानाकर्षण कानुनी उपचारको लागि सङ्घषमा उत्रिने चेतावनी 

२६ जेष्ठ २०७७, सोमबार १९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल चेपाङ सँघले गजुरी घटनाको दोषीलाई कानुनी कारवाही र मृतकको परिवारलाई क्षतिपुर्तिको माग गर्दै ध्यानाकर्षण गराएको छ ।

गजुरी ३ सानो भन्ज्याङ निवासी मधु चेपाङको छोरी ७   बर्षिय निशा चेपाङको गत बैशाख २४ गते काउसे सिरान कुलोबाट गुडाएको ढुँगाले लाग्दा मृत्यु भएको र अझै सम्म दोषीलाई उन्मुक्ती दिईएको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङ र गजुरी गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल चेपाङ सँघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले यस घटनाको उचित छानविन नगरी दोषीलाई उन्मुक्ती र मृत परिवारलाई क्षतिपुर्ति नदिलाए चेपाङ सँघ कानुनी उपचारको लागी सँघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

२६ जेष्ठ २०७७, सोमबार १९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस