|  

स्याङ्जा कि कल्पना लाई कसैले सताए पछि

२६ जेष्ठ २०७७, सोमबार १९:३९ प्रकाशित
कल्पना भुसाल


             गजल
बहाना बनाई ,फकायौ तिमीले
जगाएर आशा ,ढलायौ तिमीले

पिलाएर प्रेमको ,बिषादी बनाई
नबाँच्ने तवरले ,सतायौ तिमीले

निमोठेर आत्मा , बनाएर पागल
बियोगको सनाही,बजायौ तिमीले

सरणमै परेथेँ , भुली यो दुनियाँ
डुबाएर जीबन , दबायौ तिमीले

थमाएर बिश्वास , बस्यौ हृदयमा
कपटमा फसाई , नचायौ तिमीले

 कल्पना भुसाल
     स्याङ्जा

२६ जेष्ठ २०७७, सोमबार १९:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस