|  

बिना तयारी पार्टीको महाधिवेशन हुन्छ भन्ने कुरा आम पार्टी पंतिले पत्याएको छैन- मन्त्री जम्कट्टेल

५ श्रावण २०७७, सोमबार १२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सामाजिक संजाल मार्फत अहिलेको अबस्थामा तयारी बिना पार्टीको महाधिवेशन हुन्छ भन्ने कुरा आम पार्टी पंतिले नपत्याएको बताए ।
नेकपाका प्रभावशाली नेता तथा धादिङ जिल्ला इन्चार्ज समेत रहनुभएका मन्त्री जम्कट्टेलले पार्टी महाधिवेशन प्रति कसैको बिमति नरहेको भन्दै तयारी बिना यहि अबस्थामा पार्टीको महाधिवेशन हुन्छ भन्ने कुरा आम पार्टी पंतिले पत्याएको छैन । बिधान अनुसार स्थायी समिति र केन्द्रिय समिति लगाएत पार्टी कमिटीहरूको बैठक त गर्न नसकेको अबस्थामा महाधिवेशन को प्रस्तावले पार्टी भित्र अहिले उठान भएको समस्याको समाधान नगर्ने बताउनुभयो ।

५ श्रावण २०७७, सोमबार १२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस