|  

अबरुद्ध राजमार्ग छिटो भन्दा छिटो खुलाउने प्रयास भैरहेको छ – मन्त्री जम्कट्टेल

६ श्रावण २०७७, मंगलवार १४:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले सामाजिक संजाल मार्फत देश भरी अबिरल बर्षाको कारणले जोखिममा परेका समुदायहरूको उद्दार र प्रदेश भरिको सबै जिल्लाका अबरूद्द सडकहरू छिटोभन्दा छिटो सुचारु गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनु भयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले देश भरी अबिरल बर्षाको कारणले जोखिममा परेका समुदायहरूको उद्दार र अबरूद्द लगाएतका सबै जिल्लाका अबरूद्द सडकहरू खुलाउन बागमति प्रदेश सरकारको तर्फबाट सबै निकायहरू संग नियमित समन्वय गरिरहेको बताए । प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग को लागि सबै स्थानिय तह र जिल्ला प्रशासन कार्यलयहरूबाट छिटो भन्दा छिटो क्षतिको बिबरण पनि प्रदेश सरकारमा उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

६ श्रावण २०७७, मंगलवार १४:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस