|  

http://www.pradeshhub.com/2020/07/22/2745/

७ श्रावण २०७७, बुधबार २०:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विगत लामो समय देखि राजनीतिमा छाएका नेपाल कम्युष्टि पाटीृ (नेकपा) धादिङका नेता सुरेश आचार्य सँग गरिएको कुराकानीको सम्पादीत अंश ः

धादिङ जिल्लाको धुनिबेसी नगरपालिका–६ मा विक्रम संवत २०२९ मा जन्मनुभएका सुरेश आचार्य नेपाल कम्युनिष्ट आन्दोलनका एक कुशल संगठक हुनुहुन्छ । सानै उमेरबाट कम्युनिष्ट आन्दोलनमा होमिनु भएका आचार्य शोसित पीडित नागरिकका मर्म र भावना बुझेर तिनै शोषित पीडित नागरिकको मुक्तिका लागि सधैँ क्रियाशील रहँदै आउनुभएको छ । राजनीतिलाई सेवाका भावले हेर्नुपर्ने र विकासका लागि नेता, नागरिक र सरकार सबै नै अनुशासित हुनुपर्ने आचार्य बताउनुहुन्छ । ‘विकासको पूर्वाधार भनेकै इमान्दार सरकार हो’, आचार्यको बुझाई छ, ‘राज्यका सबैले अनुशासित भएर कानुन पालना गर्ने हो भने मात्रै देश विकासको पथमा अगाडि बढ्छ ।’ नेताहरु अनुशासनहिन बन्नु, सत्ता र पदका लागि लुछाचुडी गर्नु, राजनीतिक दल अपराधीको संरक्षणस्थल बन्नु, कानुुनको पालना नगर्नु नै देशको विकास र समृद्धि रोक्ने प्रमुख कारण भएको आचार्य बताउनुहुन्छ ।
उपयुक्त समय र स्थानमा सही किसिमले सही जनपरिचालन गरी विकास निर्माणमा जुट्न समस्त राजनीतिकर्मीमा अपिल गर्नुहुने कम्युनिष्ट योद्धा आचार्यले विभिन्न सन्दर्भमा सयौं सभा सम्मेलनको प्रमुख भएर काम गरिसक्नुभएको छ । साँस्कृतिक कार्यक्रम, सभा सम्मेलन, भेला गोष्ठीलागयतका राजनीतिक कार्यक्रमहरुमा प्रमुख वक्ता भएर प्रशिक्षण दिने कार्यमा समेत उतिकै सक्रिय रहनुभएका आचार्यले जनवर्गीय संगठनकै माध्यमबाट भारत, चीन, बंगलादेश, इन्डोनेसिया, सिंगापुरलगायतका देशमा प्रशिक्षण दिने तथा लिने कार्यमा सहभागी भएर एक कुशल राजनीतिक व्यक्तित्वको छवि निर्माण गरिसक्नुभएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेर सक्रिय भुमिकामा कार्यदक्ष्यता प्रस्तुत गरिरहनुभएका आचार्य हाल नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघ (फापुन) का केन्द्रीय कमिटी सदस्यमा क्रियाशील हुनुहुन्छ ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) धादिङका संस्थापक अध्यक्ष रहनुभएका उहाँले विभिन्न श्रमिकहरुको हकहितको संरक्षण तथा विभिन्न साँस्कृतिक धरोहरको अध्ययन अनुसन्धानका शिलसिलामा नेपालका धेरै भागको भ्रमण गरिसक्नुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त पर्यटनको सम्भावना बोकेका देवालय, तीर्थालय, नदी, झरणा, जलासय, तालतलैया वन वनस्पतिको अध्ययन भ्रमणका शिलशीलामा ७७ जिल्लाको भ्रमण अध्ययन गर्दै हालपनि त्यस क्षेत्रमा उत्तिकै क्रियाशील रहनुभएको छ ।
हरेक क्षेत्रमा कुशल संगठक र प्रखर वक्ताको रुपमा परिचय निर्माण गर्नुभएका नेता आचार्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पृथ्वी राजमार्ग इकाई कमिटीको अध्यक्षका रुपमा चार कार्यकाल सफलतापूर्वक पुरा गर्नुभएको छ । धादिङ जिल्लामा ‘जहाँ समस्या त्यहाँ सुरेश’ को पर्याय बन्नुभएका आचार्य नेपाल यातायात स्वतन्त्र संगठनको तत्कालीन बागमती अञ्चल कमिटीको उपाध्यक्षका रुपमा रहेर यातायात मजदुरहरुको हकहित र समस्या समाधानका लागि क्रियाशील रहनुभयो ।
नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनको केन्द्रीय श्रम सम्बन्ध विभागको सदस्य, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) तत्कालीन बागमती कमिटी सदस्यका रुपमा धादिङ, नुवाकोट र रसुवा जिल्लाको इन्चार्जको रुपमा सफलतापूर्वक दुई कार्यकाल, धादिङ जिल्लाको राजमार्गमा हुने दुर्घटना र त्यसबाट उद्वारका लागि स्थापना गरेको एम्बुलेन्स तथा शव वाहन सेवा समितिको अध्यक्ष रही आठ वर्ष समाजसेवामा क्रियाशील रहनुभएका आचार्य हाल कोरोना भाइरस संक्रमण र यसको जोखिमबाट बच्नका लागि धादिङ तथा विभिन्न जिल्लाहरुमा क्रियाशील रहनुभएको छ । कोरोना संक्रमणबाट बच्नका लागि सचेतना अभियान नै सञ्चालन गरिरहुनु भएका उहाँले स्थानीय स्तरमा सेनिटाइजर, साबुन, पञ्जालगायत सामग्री वितरणमा समेत सक्रिय रूपमा लागि रहनुभएको छ । ट्रक यातायात व्यवसायी संघ नेपालका केन्द्रीय सल्लाहकार रहनुभएका उहाँले विशेष गरेर मजदुरको हकहितका लागि सक्रियता देखाइरहनु भएको छ । नेपाल पोल्टी व्यवसायी भलाई संघको वरिष्ठ सल्लाहकारका रपमा कार्यानुभव सम्हालिसक्नु भएका आचार्य कोरोना भाइरस संक्रमण हुनबाट बच्नका लागि देशभर भएको लकडाउनमा पनि सचेत हुँदै स्वास्थ्य सरसफाई, रक्तदान लगायतका सामाजिक सेवामा सक्रिय भई समाज र नागरिकप्रतिको जिम्मेबारी वहन गरिरहनु भएको छ ।
देश विकासमा हर समय चिन्तन र क्रियाशील भइरहने आचार्य तत्कालीन नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य एवं मजदुर जिल्ला इन्चार्जका साथै बुटवलमा भएको तत्कालीन नेकपा एमालेको आठौँ महाधिवेशनको प्रतिनिधिसमेत हुनुहुन्थ्यो । राजनीतिलाई पूर्ण रुपमा समाजसेवाको भावले हेरिनुपर्ने बताउँदै आचार्य भन्नुहुन्छ, ‘आफ्नो विचार र बाटोबाट विचलित हुनुहुँदैन, स्वच्छता, इमान्दारिता र निष्ठा त्याग्नु हुँदैन, यति गर्न सकियो भने राष्ट्रलाई समृद्ध बनाउन धेरै समय लाग्दैन ।’

७ श्रावण २०७७, बुधबार २०:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस