|  

मलेखुमा निर्मित माछाको प्रतिमा अध्यक्ष वस्नेतद्धारा अनावरण

१० श्रावण २०७७, शनिबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँ पालिकाको आर्थिक सहयोगमा गजुरी गाउँंपालिका वडा नं. २ मलेखुमा निर्मित माछाको प्रतिमा आज एक कार्यक्रमका विच अनावरण गरिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतले मलेखुमा माछा ब्यवसाय सुरु गर्ने छबिलाल मरहटा को परिवार र यकराज सेढाई को परिवारलाई सम्मान गर्दै प्रतिमाको अनावरण गरेका हुन् ।


माछाका परिकारकोलागि प्रख्यात मलेखु बजारमा अझै व्यवस्थित रुपमा संचालन गर्न लाग्नु पर्ने भन्दै माछाबजारको पहिचानमा सूधार गर्न व्यवासयीलाई गाउँपालिकाका अध्यक्ष वस्नेतले आग्रह गर्नु भयो ।
माछाको मुर्ति (प्रतिमा) बनाउन ६ लाख ५० हजार र अन्य पिल्लर, टायल लगायतको काममा ५ लाख लागतमा गजुरी गाउँपालिकाले निर्माण गरेको हो । तस्विर : भरत बराकोटी

१० श्रावण २०७७, शनिबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस