|  

नेपाल राहत शिक्षक गण्डकी प्रदेश संयोजकमा शिव कुमार यादव

१२ श्रावण २०७७, सोमबार २२:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एकीकृत अखिल नेपाल शिक्षक संगठन अन्र्तगत नेपाल राहत शिक्षक विभाग गण्डकी प्रदेशको संयोजकमा गोरखाका शिक्षक शिव कुमार यादव चयन भएका छन् । लामो समय शिक्षण पेशामा आवद्ध शिक्षक यादव राहत शिक्षकहरुको हक हितको लागि निरन्तर संघर्ष गर्दै आउनु भएको छ । धादिङ र गोरखाका विभिन्न विद्यालयमा अध्यापन गराउनु भएका यादव अब्वल शिक्षकको रुपमा परिचित छन् ।
विभागको सह संयोजकमा म्याग्दीका देवराज शर्मा र सचिवमा तनहुंका शिक्षक गोविन्द भट्टराई चयान भएका छन् । त्यसै गरि सदस्यहरुमा हेमराज रिजार–बाग्लुङ,हुमा सिंजाली मगर–स्याङ्जा, वसन्तराज तिमल्सिना–पर्वत,विकल पौडेल–कास्की, बावुराम देवकोटा–मनाङ, प्रम बहादुर थापा लमजुङ, पुष्पराज भण्डारी–नवलपुर र गोरखाका राजकुमाार राई चयन भएका छन् ।
शिक्षक विष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न भिडियो कन्फरेन्स बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंखर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
नव निर्वाचित संयोजक यादवले राहत शिक्षकको हक र अधिकारीको निम्ती अझ डटेर लाग्नको लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

१२ श्रावण २०७७, सोमबार २२:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस