|  

नेपाल राहत शिक्षक बिभाग बागमती प्रदेश संयोजकमा कविन्द्र गौतम

१५ श्रावण २०७७, बिहीबार १२:०६ प्रकाशित
किशोर अधिकारी


साउन १५, धादिङ
एकीकृत अखिल नेपाल शिक्षक संगठन अन्तर्गत नेपाल राहत शिक्षक विभाग बागमती प्रदेशको संयोजकमा सिन्धुली का शिक्षक कविन्द्र गौतम चयन भएका छन् । लामो समय शिक्षण पेशामा आवद्ध शिक्षक गौतम राहत शिक्षकहरुको हक हितको लागि निरन्तर संघर्ष गर्दै आउनु भएको छ । त्यस्तै संगठन को इन्चार्ज मा भक्तपुर का रत्न सुनुवार चयन हुनुभयो।

विभागको सह संयोजकमा रामेछाप का कृष्ण गोले र सचिवमा काठमाडौ का शिक्षक नबराज पाण्डे चयन भएका छन् । अन्य सदस्य हरुमा सिन्धुपाल्चोक का मनोज साप्कोटा, धादिङ का दामोदर भट्ट, काभ्रे का उमेश गुँरागाइ, भक्तपुर का उमा राई चयन भए त्यस्तै रसुवा का रामबाबु पौडेल, नुवाकोट कि बिमला पाठक, मकवानपुर का बिष्णु प्रसाद न्यौपाने, चितवन का भुवन अधिकारी, लक्ष्मी शर्मा ललितपुर, मेनुका पाण्डे काठमाडौ र काठमाडौ कै हरि दाहाल चयन भएका छन।

भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएको बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंखर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
नव निर्वाचित संयोजक कबिन्द्र गौतम शिक्षकको हक र अधिकारीको निम्ती अझ डटेर लाग्नको लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

 

१५ श्रावण २०७७, बिहीबार १२:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस