|  

पार्टी एकता बजबुत बनाउनु पर्ने भन्दै नेकपाका युवा नेताहरुको बैठक

१८ श्रावण २०७७, आईतवार १९:४८ प्रकाशित
राजन अधिकारी

सम्पादक


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा देखिएका विववादले नयाँ रुप लिए सँगै नेता तथा कार्यकर्ताहरु कित्ता काटमा उभिन थालेका छन् । यसै विच नेकपा धादिङका नेता तथा कार्यकर्ताहरु पनि विभिन्न कित्तामा उभिन थालेका छन् । गत सोमवार संघिय राजधानी काठमाण्डौंमा धादिङका सात केन्द्रिय सदस्यको वैठक बसे सँगै धादिङमा पनि नेकपाको कित्ता काट भएको असन्तुष्टले बताउँदै आएका छन् । त्यसै गरि आज पनि संघिय राजधानी काठमाण्डौंमा नेकपा धादिङबाट केन्द्र र प्रदेश कमिटीका पदाधिकारी सहित प्रतिनिधित्व गर्ने ३० भन्दा बढी सदस्यहरुले पार्टी एकतालाई मजबुत बनाउन र एकता प्रकृया चाँडो भन्दा चाँडो हल गर्न नेतृत्वलाई दबाब दिने निणर्य गरेका नेकपाका एक नेताले बताए ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेकपा धादिङका इञ्चार्ज शालिकराम जम्कटेल, केन्द्रिय सदस्यहरु राजेन्द्र प्रसाद पाण्डे, पुष्प विक्रम मल्ल, कल्पना धमला, , गंगालाल तुलाधर, विष्णु पुकार श्रेष्ठ, ओम शर्मा लगायतको सकृयतामा धादिङबाट केन्द्र र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्नेहरु काठमाण्डौंको ठमेलमा बैठक बसेको स्रोतले जानकारी दिएको छ ।
बैठकमा पार्टी एक ढिक्का हुनु पर्ने, विभाजन नस्वीकार्ने, पार्टीलाई विधि र प्रकृयामा चलाउनु पर्ने, पार्टीको निणर्य सबैले मान्नु पर्ने, पार्टीलाई यो अवस्थामा पु¥याउनको निम्ती जहाँबाट समस्या शुरु भएको छ त्यही बिन्दुबाट समाधान खोज्नु पर्ने, सरकारको काम कारवाही प्रभावकारी बनाउन प्रधानमन्त्री नै जिम्मेवार हुनु पर्ने जस्ता निर्णय भएको नेकपाका एक नेताले बताए । गुटगत क्रियाकलाप लाई तत्काल बन्द गरि पार्टी विधि र प्रक्रियाबाट चलाउनु पर्ने, पार्टीको निणर्य सबैले मान्नु पर्ने जस्ता निणर्य गरेको बताईएको छ ।
पार्टी एकता बचाउनको लागि नेकपा धादिङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु निरन्तर लागीरहेका छन् । नेकपाका एक नेताका अनुसार “पार्टी यो अवस्थामा किन आयो ?, दुई वर्ष सम्म पनि पार्टी एकता किन टुंगिन सकेन रु, सरकारले जन अपेक्षा अनुसार किन काम गर्न सकेन ? ” अब पार्टी र सरकार दुबैको समिक्षा गर्ने बेला आएको बताए । नेकपा धादिङ कहिल्यौ पनि फुटको पक्षमा नभएको भन्दै पार्टी एकता जोगाउन चरण चरण रुपमा छलफल गर्दै आएको छ ।

१८ श्रावण २०७७, आईतवार १९:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस