|  

असारमा रोपेको खेत महिना दिन नपुग्दै बन्यो बगर

२३ श्रावण २०७७, शुक्रबार २१:०८ प्रकाशित
किशोर अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


किशोर अधिकारी/
असारमा रोपेको खेत बगरमा परिणत भए पछि धादिङका किसान चिन्तित बनेका छन् । बिहिवार राति परेको पानिले धादिङका किसानहरु मर्कामा परेका छन् । बेलुकी ६ बजे देखि परेको अविरल वर्षाका कारण दक्षिण धादिङ गजुरी गाउँपालिकाका विभिन्न स्थानका खेती योग्य जमिन खण्डहरु बनेको छ ।

गजुरी गाउँपालिका वडा नं. ७ किराञ्चोक पात्ले खोला आसपासमा धानवाली लगाएको खेतमा बाढीले बगाएर ल्याएको लेदोले पुरिँदा खेत खण्डहर हुन पुगेको हो । अव्यवस्थित रुपमा खनेका ग्रामिण सडकहरुका कारण ठुलो पानी पर्दा लेदो माटो आई तल्लो भागको जमिन पुरिए पछि धान वालि लगाएको करि ३० रोपनि खेत बगरमा परिणत भएको बताईएको छ ।

जथाभावि खनेका ग्रामिण सडकहरु वर्षादको समयमा आएको पानीले ढुंगा सहितको लेदो माटोले खेत पुँरीदा किसान चिन्तीत बनेका छन् । आफुले भोट दिएर जिताएको जन प्रतिनीधिले पनि वेवास्था गरेको भन्दै आफुहरु पटक पटक मर्कामा पर्दै आएको एक किसानले ताएका छन् । मानो रोपेर मुरी उब्जाउने धादिङका किसानलाई धान वालिमा हाल्ने युरिया मोल नपाएर चिन्तीत बनेको वेला असारमा रोपेको खेत हिजो आएको पानीका कारण बगरमा परिणत हुँदा समस्यामा परेका छन् ।

२३ श्रावण २०७७, शुक्रबार २१:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस