|  

बाढी प्रभाबित क्षेत्रको जनताको घरदैलोमा वडा अध्यक्ष रामचन्द्र मिजार

२७ श्रावण २०७७, मंगलवार २२:३८ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रामचन्द्र मिजार यहीँ साउन ५र२२ गतेको अविरल बर्षाले भएको क्षतिको कारण वडा बासिमा पर्न गएको समस्या समाधान गर्न जनताको घर दैलोमा पुग्नु भएको छ।अविरल बर्षाले गजुरी गाउँपालिकाको विभिन्न टाेल बस्तीनै जोखिममा परेपछि तिब्र रूपमा अनुगमन तथा राहत बितरण कार्यलाई अगाडि बढाएको छ।बर्षाले गजुरी गाउँपालिका वडा नं.५ को दुई घर पुर्ण रूपमा क्षति भएको छ।भने २०० घर अांशिक क्षति भएको छ।वडा अध्यक्ष मिजारले हालसम्म ६० घरधुरी लाई रेडक्रस सङ्ग समन्वय सहकार्य गरेर राहत पनि वितरण गर्नुभएको छ।अनुगमन गर्दै वडा अध्यक्ष मिजारले अाफु समृद्ध वडा निर्माण गर्ने अभियानमा रहेकोले साेहि अभियानमा साथ दिन वडा बासिमा पनि अनुरोध गर्नुभएको छ। साथै विपद को समयमा सजक र सतर्कता अपनाइ सुरक्षित रहन पनि अनुरोध गर्नुभएको छ।

२७ श्रावण २०७७, मंगलवार २२:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस