|  

छात्रावासमा बसि अध्ययन गर्दै आएका २३ जना चेपाङ बालिकालाई प्रयासद्वारा आर्थिक सहयोग

६ भाद्र २०७७, शनिबार १८:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका वडा नं. १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै आएका २३ जना चेपाङ बालिकालाई आर्थिक सहयोग दिइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले दैनिक ज्यालामा जान नसकेका चेपाङ छात्राहरुको परिवारलाई आर्थिक सहयोग उपलव्ध गराएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भयो ।
गजुरी गाउँपालिमा विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गैर सरकारी संस्था प्रयास नेपालले गजुरी गाउँ पालिकासँग समन्वय गरी चेपाङ किशोरीहरुको परिवारलाई आर्थिक सहयोग गरेको पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।
गजुरी गाउँपालिकाको वडा नं. ४ च्याङ्ली फेदीमा पुगेर अध्यक्ष बस्नेतले चेपाङ छात्रालाई प्रति बालिका ४ हजार रुपैयाँ सहयोग गर्नु भएको हो । गजुरी गाउँपालिका वडा नं. ३, ४ र ६ नम्बर वडाका १५ जनालाई आज आर्थिक सहयोग उपलव्ध गराइएको छ भने सोहि गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका गरी बाँकी आठजना बालबालिकाको परिवारलाई भोलि सहयोग गर्ने कार्यक्रम रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
बन्दाबन्दिका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ परिवारको दैनिक खाद्यान्नमा र बालबालिकाको शैक्षिक सामाग्री व्यवस्थापनमा सहयोग होस् भनेर आर्थिक सहयोग गरेको पनि कार्यकारी निर्देशक अर्याल बताउनुहुन्छ ।
आर्थिक सहयोग प्राप्त गरेपछि खुशी व्यक्त गर्दै छात्रा सविना चेपाङले घरकालागि अत्यावश्यक साग्री र शैक्षिक सामाग्री खरिद गर्ने बताउनु भयो ।
अति विपन्न तथा बञ्चेतिकरण परेका समुदायका बालबालिकाको शिक्षाका लागि प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको सहयोगमा प्रयास नेपालले गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा परियोजना सञ्चालन गरि रहेको छ ।

६ भाद्र २०७७, शनिबार १८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस