|  

मन्त्री जम्कटेलद्धारा कोरोना प्रभावित क्षेत्रको अवलोकन

२५ भाद्र २०७७, बिहीबार २२:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी/धादिङ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले धादिङका कोरोना प्रभावित क्षेत्रको विहिवार अवलोकन गर्नु भएको हो।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा समुदाय स्तरमै कोरोना फैलिएको ठाउँमा अवलोकन गर्नुभएको हो । पछिल्लो समय धादिङ जिल्लामै धेरैको संख्यामा कोरोना संक्रमित बढे पछि कोरोना संक्रमितको अवस्था र संक्रमितमा भएको समस्या बुझ्नको लागि आईसोलेसनमा पुगेका मन्त्री जम्कटेलले कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढे सँगै यसको जोखि बढेको हो । जिल्लामा हाल सम्म कोरोना संक्रमितको को संख्यो २८३ पुगेको छ भने कोभिड–१९को कारण २ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण शुरु भए देखिनै यसको रोकथाम तथा नियन्त्रणमा जुटेका मन्त्री जम्कटेलले जिल्लामा विभिन्न अस्पतालहरुलाई स्तरोन्नती को लागि विषेश पहल गर्दै आएनु भएको छ । कोरोना प्रभावित क्षेत्र अवलोकनमा बागमती प्रदेश सभाका सदस्य जगत् सिंखडा, धादिङका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेल, जिल्ला प्रहरीकार्यलयका प्रमुख रविन्द्र रेग्मी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रि, रेडक्रस धादिङका सभापती नारायण तिमल्सीना लगायतको उपस्थिती रहेको थियो ।

२५ भाद्र २०७७, बिहीबार २२:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस